आँफैले असक्षम घोषणा गरेका झालाई ओलीले दूरसञ्चार प्राधिकरणको अध्यक्ष बनाएपछि

digambar

 काठमाडौं। सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा बिबादास्पद दिगम्बर झा नियुक्तलाई नियुक्त गरेको छ । विहिबारको मन्त्रिपरिषद बैठकले ४ वर्षका लागि फेरि झालाई प्राधिकरणको अध्यक्ष बनाएको हो । सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरूङ संयोजक रहेको सिफारिस समितिले झासँगै पूर्व सचिव सुशील घिमिरे र प्राधिकरणका वरिष्ठ निर्देशक पुरूषोत्तम खनाललाई अध्यक्षका लागि सिफारिस गरेको थियो ।

 तर, अन्तिममा ठुलो चलखेल गरी झाले उक्त पद हात पारेको स्रोतले वतायो । वर्तमान सरकारले काम गर्न नसकेको भन्दै झालाई यसअघि प्राधिकरणबाट हटाएको थियो। सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सर्वोच्चले अन्तरिम आदेश दिँदै झालाई फिर्ता बोलाएको थियो । तर झाले मुद्दा फिर्ता लिए ।

 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको राजनीतिक नियुक्त खारेज भएसँगै पदच्यूत भएका  दूर सञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई पुनः प्राधिकरणको अध्यक्ष बनाउन एनसेल, स्मार्टसेललगायतका मोवाइल सेवा प्रदायक कम्पनीहरु लागि परेका थिए ।

 झा आफैमा बद्नाम व्यक्ति भएपनि उनको ठूलो आश्वसनमा परेर मन्त्री बास्कोटाले झालाई नियुक्ति गर्नकै लागि सिफारिस गरेका थिए । झाले ग्रामिण दूरसञ्चार कोषको रकम व्यापक दुरुपयोग गरेको र यूटिएललाई ग्रामिण दूरसञ्चार कोष नियमावली २०६८ विपरित उक्त कोषको दुई अर्व एक करोड रुपैयाँ अनुदान दिएका थिए । यूटिएलमा मुख्य स्वामित्व हाल उपेन्द्र महतोको रहेको छ । महतो पनि झालाई अध्यक्ष बनाएर टेलिकम क्षेत्रमा माफियाकरण गर्न चाहन्छन् ।

प्रतिक्रिया

सम्बन्धित