वीरगञ्जका मेयरले किन दिए पार्टीबाट राजीनामा ?

bijaya sarabagi

 वीरगञ्ज । वीरगन्ज महानगरका मेयर विजयकुमार सरावगीले पार्टीबाट राजीनामा दिएका छन्। संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य मेयर सरावगीले पार्टीमा उचित सम्मान र आवश्यक सहयोग प्राप्त नभएको भन्दै राजीनामा दिएका हुन्।

वास्तवमा महानगरपालिकाको काममा अनावश्यक दबाव दिएको भन्दै वीरगञ्ज मेयर विजय सरावगीले संघीय समाजवादी फोरमबाट राजीनामा दिएका हुन् । उनले भनेका छन्–‘पार्टीका नेताहरूलाई सहयोग र मर्यादापूर्ण व्यवहार गर्न पटक–पटक आग्रह गरें । तर, त्यस्तो अनुभूति नभएपछि बाध्य भएर पार्टीको साधारण सदस्यता नै परित्याग गरेको छु।’

व्यापारिक पृष्ठभूमिका सरावगी संघीय समाजवादी फोरमबाट वीरगञ्जको मेयर निर्वाचित भएका थिए । तर, पार्टीले अनावश्यक दबाव दिएको भन्दै उनले पार्टी नै छाड्ने खोजेका हुन् । मेयर सरावगीले ह्वाट्सएपमार्फत पार्टी नेतृत्वलाई राजीनामा पत्र बुझाएका छन् ।

फोरमका नेताहरुले भने मेयर सराबगीले एक वर्षमा पनि प्रभावकारी रुपमा काम गर्न नसकेको बताउँछन् । बुधबार बसेको वीरगञ्ज नगर कमिटीको बैठकले ५ बुँदे ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । नगर समितिले ध्यानाकर्षणपत्र बुझाउन खोज्दासरावगीले समय नभएको भन्दै बुझ्न नमानेपछि आन्तरिक विवाद चुलिएको छ ।

यता कर्मचारी नियुक्ति, विकास निर्माणका काममा पार्टीको सहभागीतालगायतका विषयमा जिल्ला नेतृत्वले भनेको मेयरले नमानेको पार्टीका नेताहरु बताउँछन् । नगर प्रमुख सरावगीले पार्टीले निर्णय नगरेसम्म राजीनाबारे केही नबोल्ने प्रतिक्रिया दिएका छन् । स्थानीय तहको चुनाव हुनुभन्दा केही अगाडि उनी उद्योगी व्यवसायीसहित फोरममा प्रवेश गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित