निर्मला हत्या प्रकरण : डिएसपीको फुली थुत्ने सर्वेन्द्रले अपराधीलाई कदापी छुट दिने छैनन्

igpkhanal

 काठमाडौं । कञ्चनपुरमा बलात्कार पश्चात हत्या गरिएकी अबोध बालिका निर्मला पन्तको हत्यामा संलग्न अपराधीले कुनै पनि हालतमा छुट पाउनु हुदैन भनेर अहिले चारैतिरबाट आवाज उठेको छ । आईजीपी सर्वेन्द्र खनालले त उक्त घटनाले गर्दा आफुलाई लज्जित बनाएको र जिल्ला नेतृत्व नालायक भएका कारण समस्या बल्झिएको वताइसकेका छन्।

 घटनाको अनुसन्धान गर्दा लापरवाही गरेका एसपी डिल्लीराज विष्टलाई निलम्वन गरिएको र दोषी देखिए नोकरीबाटै बर्खास्त गर्ने आईजीपी खनालले घोषणा गरिसकेको हुँदा अहिले संचारमध्यममा जसरी बिष्टलाई जोगाउन लागियो भनेर नियोजित रुपमा समाचारहरु आएका छन्, त्यसमा कुनै तुक नै देखिदैन ।

 प्रहरीले कुनै पनि हालतमा निर्मला हत्याकाण्डका अपराधीलाई प्रमाण सहित कानुनको कठघरामा ल्याउने अहिले भैरहेका निरन्तरको अनुसन्धानले पनि विश्वाश गर्न सकिन्छ । त्यसमा दुई मत छैन । तर,घटनाको अनुसन्धान नसकिँदै यो भएन वा त्यो भएन भनेर संचारमाध्यममा आएका समाचारले अनुसन्धान नै प्रभावित हुने खतरा हुन्छ ।

 अपराधमा पक्राउ परेका हरेक अभियुक्त कसुरदार ठहर हुँदैनन् । नेपालको फैजदारी मुद्दाका बिगत दश बर्षको तथ्याङ हेर्ने हो भने नेपाल सरकार फौजदारीमा मुद्दामा ८० प्रतिशत असफल भएको छ । त्यसको कारण काम देखाउने र न्याय दिने बहानामा बिना प्रमाण आरोपितलाई कसुरदार ठहर गर्न खोज्नु हो । यो अर्को अपराध हो ।

 जसमा मुख्य अपराधी उम्कने मौका पाउँछ । घटनाको अनुसन्धान तथ्य र प्रमाणमा आधारित हुन पर्छ । कसैको भाबनामा डुबेर, दबाबमा परेर र उत्कृष्ट अनुसन्धानकर्ता बन्ने बहानामा हतासमा गरेको अनुसन्धानले सफल हुन सक्दैन । जसले पीडित सधै पीडित नै रहन्छन् भने पीडिकलाई कानुनको दायरामा ल्याउन सकिँदैन ।

 बिगतमा दर्जनौ आपराधिक घटनाको सफलतापुर्वक अनुसन्धान गरेका आईजीपी सर्बेन्द्र खनालको पालामा प्रहरीका कुनै पनि अधिकारी अपराधमा संलग्न रहेको प्रमाण भेटिए उनले कदापी कानुनको कठघराबाट उन्मुक्ति पाउन सक्दैनन्न । अनुसन्धानमा ढंग पुर्याएनन्, जसको कारण एसपी विष्टको करियरमा दाग लाग्न पुग्यो ।

 आफू एसपी छंदा अपराधीसँग कुम जोड्ने डिएसपीको फूली थुतेर इन्स्पेक्टरमा छार्ने हिम्मत राख्ने खनाल प्रहरी संगठनको प्रमुख भएको अबस्थामा कुनै अधिकारीले अपराधीको संरक्षण गर्दै नियतबस प्रमाण नष्ट पार्न खोजेका छन् भने अबश्य पनि ति प्रहरी अधिकारी खनालको कारवाहीबाट जोगिन सक्दैनन् ।

 एउटा अधिकारीले अनुसन्धानमा ढंग नपुर्याउँदा पुनः त्यसको अनुसन्धान नै नहुने होइन । त्यसो त जटिल प्रकृतिका घटनाको अनुसन्धान गरेरा दोशी पत्ता लगाउन निकै बर्ष लागेका उदाहरण पनि नभएका होइनन । न्यायधिस रणबहादुर बमको हाईप्रोफाईल हत्या दश बर्ष पश्चात प्रहरीले नै पत्ता लगाएको हो ।

 दश बर्ष पछि पक्राउ परेका सर्लाहीको बाबु थापा त्यहि केशको अनुसन्धानमा प्रहरीले पटक पटक पक्राउ गरेर   सोधपुछ गर्दै छाडेको थियो । किनकी उसलाई मुद्दा चलाउन प्रहरीसंग एथेष्ट प्रमाणको अभाब थियो । दश बर्ष लगाएर प्रहरीले प्रमाण जुटाएर उसलाई पक्राउ गरेको थियो । थापा अहिले जेलमा छन् । 

प्रतिक्रिया

सम्बन्धित