सिआईबीद्वारा अवैध चितुवाको छालासहित तीन जना पक्राउ

chituwa

 काठमाडौं । अवैध रुपमा बिक्री गर्न लागिएको चितुवाको छालासहित तीन जनालाई केन्द्रिय अनुसन्धान व्युरो ( सिआईबी )ले पक्राउ गरेको छ ।

 सिआईबीबाट खटिएको प्रहरी टोलीले असोज ४ गते बौद्ब सिद्धार्थमार्गबाट संरक्षित वन्यजन्तु ध्वाँसे चितुवाको छालासहित सिन्धुपाल्चोकका शेल बहादुर तामाङ, धादिङका बुद्धिमान तामाङ र कास्कीका सालिकराम सुवेदीलाई पक्राउ गरेको हो ।

 राष्ट्रिय निकुञ्जु तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा साइटिस महासन्धी, १९७५ विरुद्दको अपराधमा सँलग्न उनीहरुलाई आबश्यक कारवाहीको लागि आज डिभिजन बन कार्यालय काठमाडौंमा बुझाइएको सिआईबीका प्रबक्ता एसपी सानुराम भट्टराईले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित