प्रचण्डको हातबाट टीका थापेर तरुण दलका नेता नेकपामा प्रवेश

Puspakamal-Dahal-Prachand-N-1

 काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी ( नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको विकास अब कम्युनिस्ट पार्टीको नेतृत्वमा मात्रै सम्भव भएको बताएका छन् । नेपाल टेलिभिजनका पूर्वअध्यक्ष एवम् नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य महेश दाहाललाई नेकपामा प्रवेस गराउने क्रममा अध्यक्ष प्रचण्डले पार्टी उक्त कुरा वताएका हुन ।

सो क्रममा पूर्व केन्द्रीय सदस्य महेश दाहाल आफ्नो कुनै स्वार्थ नभएको बताउँदै पार्टीको जुनसुकै आग्रह र निर्देशन मान्न आफू तयार रहेको समेत उल्लेख गरेका थिए ।

नेकपाको पार्टी मुख्यालय धुम्बाराहीमा मंगलबार आयोजित विशेष कार्यक्रममा दाहाल पार्टी प्रवेश गरेका हुन् । दाहाललाई नेकपाका अध्यक्ष प्रचण्डले टीका र सदस्यता प्रदान गरेर पार्टीमा प्रवेश गराएका हुन् ।

चितवन जिल्ला निवासी दाहालले मंगलबारदेखि नेपाली कांग्रेसलाई परित्याग गरेको जनाएका छन् ।

नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली देश बाहिर भएका बेला प्रचण्डले कांग्रेसका नेतालाई पार्टीमा भित्र्याएका हुन् ।

दाहाललाई नेकपामा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले नेपाल तरुण दलका केन्द्रीय समिति सदस्य समेत भइसकेकका दाहाल चुनावअघि नै पार्टी प्रवेश गर्न खोजेको खुलासा गरेका हुन् ।

‘पार्टी प्रवेश गर्नेबारे चुनावअगाडि नै छलफल भएको थियो । उहाँको मन हाम्रोतिर थियो’, प्रचण्डले भने, ‘अहिले चुनावमा हाम्रो गठबन्धनको पक्षमा माहौल बनाउने र पछि प्रवेश गर्ने भन्ने छलफल भयो ।’

 

प्रतिक्रिया

सम्बन्धित