नवरात्रको छैठौं दिन, कात्यायनीदेवीको पूजा गरिदै
काठमाडौं । आज नवरात्रको छैठौं दिन विभिन्न शक्तिपीठ र घर–घरमा कात्यायनी देवीको विशेष पूजा आराधना गरेर मनाईंदै छ । हिन्दूहरुकी देवी नवदुर्गाको छैठौं स्वरुप कात्यायनी हो । अमरकोषमा पार्वतीको दोस्रो नाम कात्यायनी भनिएको छ ।
स्कन्द पुराणका अनुसार परमेश्वरको नैसर्गिक क्रोधबाट कात्यायनी उत्पन्न भएको उल्लेख छ । उनैले सिंहमाथि सवार भएर महिषासुर नामक राक्षसको बध गरेको शास्त्रहरुमा उल्लेख छ । हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुप छन् । जसलाई नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपमा पूजा आराधना गरिन्छ ।
प्रतिक्रिया