नोभेम्बर ४ मा कोरियामा एनआरएनए कप फूटबल प्रतियोगिता

football

काठमाडौं ।

गैर आवासिय नेपाली संघ (एनआरएन) कोरियाले ‘पहिलो एनआरएन कप फुटबल प्रतियोगिता –२०१८’ गर्ने भएको छ । ‘प्रवासी एकता र सामाजिक सद्भावना आजको आवस्यकता समृद्ध नेपाल निर्माणमा एनआरएन कोरियाको प्रतिबद्धता’ भन्ने नाराको साथ नोभेम्बर ४ तारिखको दिन विहान ६ बजे खेल शुरु हुने एनआरएनए दक्षिण कोरियाले जनाएको छ ।

खेल संयोजक तथा एनआरएनए कोरियाका बरिष्ठ उपाध्यक्ष बिपिन गुरुङले प्रतियोगिताको तयारी तिब्र गतिमा अघि बढेको जानकारी गराए । खेल हुने दिन नेपाली परिकारहरुको स्वादमा रमाउँदै आ–आफ्नो टिमलाई हौसला बढाउन सम्पुर्ण कोरियामा रहेका नेपालीहरुलाई उपस्थितिको लागि अनुरोध समेत गरिएको छ । एनआरएनए दक्षिण कोरियाका अनुसार खेल 경기도 포천시 포천로 1644 포천종합운동장 फुटबल मैदानमा हुने छ ।

एनआरएनए दक्षिण कोरियाकी अध्यक्ष लक्ष्मी गुरुङले  ‘पहिलो एनआरएन कप फुटबल प्रतियोगिता –२०१८’  लाई भब्य र सभ्यरुपमा सफल बनाउँनका लागि सबैको सहयोगको आबश्यकता रहेको बताईन् ।

प्रतिक्रिया

सम्बन्धित