उदाहरणीय जनप्रतिनिधीको रुपमा काम गर्दै सांसद बस्नेत

kumar bhandari

   भक्तपुर । उद्योगमन्त्री हुनेक्रममा अनेपेक्षित विकासको काममा सक्रिय भएको तथा सरकारलाई सफल बनाउन महत्वपूर्ण काम गरेको कदर गर्दै भक्तपुरका जनताले युवा नेता महेश बस्नेतलाई प्रतिनिधिसभा सदस्यमा छनोट गरे। वर्तमान सरकारमा बस्नेत पर्ने भक्तपुरका जनताको मात्रै नभर्इ निजी क्षेत्र र कर्मचारीतन्त्रमा समेत आश गरिएको थियो । तर, बस्नेतलाई मन्त्री बनाइएन ।

आफूलाई जनताको असली जनप्रतिनिधीको रुपमा पहिचान बनाउन खटिएका बस्नेत प्रधानमन्त्री केपी शर्मा ओलीले जन अपेक्षित नतिजा निकाल्न नसक्ने मन्त्रीहरू फेरबदल गर्न सक्ने दावी गर्छन् । स्थानीयले गर्ने सानतिनाका कामदेखि सरसफाई र अन्य ठूला विकासको काममा पनि आफूलाई उपस्थित गराउँदै आएका बस्नेतले केन्द्र सरकार मात्रै हैन प्रदेश र स्थानीय सरकरको समेत बजेटको सही सदुपयोगमा आफ्नो तर्फबाट आवश्य सहकार्य भएको बताउँछन् ।

जनप्रतिनीधिको रुपमा निर्वाचित भएको १० महिनाको अबधिमा उनले जनताले प्रत्यक्ष महसुस गर्ने प्रकृतिका कामहरु गरेका छन् भने केहि राष्ट्रिय महत्वका आयोजनाहरुमा पनि काम गरिरहेका छन् ।

भक्तपुरका लागि पूर्वाधारको कार्यक्रम अन्तर्गत भर्खरै मात्रै विनीयोजन भएको ४ करोडका योजना प्रभावकारी बनाउन उनी केन्द्रित छन्। पूर्वाधारको कार्यक्रम प्रभावकारी नभएको गुनासो आइरहेको बेला उनी भने अहिले जनतालाई कसरी सुविधा दिन सकिन्छ भन्ने उदाहरण देखाउन प्रतिवद्ध भएर लागेको बताउँछन् ।

विभिन्न योजनाहरु अगाडि सारेका उनले सडक, सामुदायिक भवन निर्माण , ज्येष्ठ नागरिकहरूको आश्रयस्थल, प्रहरी चौकी, किरियापुत्री बस्ने स्थलजस्ता भवन प्राथमिकतामा छन्। पहिले क्षेत्र पूर्वाधारको कार्यक्रम कहाँ गयो र के विकास भयो भन्ने कसैलाई थाहा हुने थिएन। अभौतिक संरचनामा बढी खर्च हुने गरेको थियो । तर, अब भौतिक संरचनामा मात्रै बजेट विनियोजन गर्न पाइन्छ। त्यसैले विगतबाट पाठ सिकेर ल्याइएको मापदण्ड यसपाली प्रभावकारी भएको उनको दावी छ ।

उनले भने–‘अर्को चुनावमा जाँदासम्म सांसदहरूले केही न केही त देखाउनैपर्छ जनताको मतको सही सदपयोग विकासबाट देखाउने हो।’

mahesh 2

भक्तपुरको हनुमन्ते नदि लाई उनी लाइफ लाईन भन्छन् । हनुमन्ते नदिमा भक्तपुरमा बग्ने पानीमध्ये ८५ प्रतिशत पानी बग्छ । उनले भने–‘हामीलाई बर्खाको हनुमन्ते त्रासको बन्यो र हिउँदको हनुमन्ते रहरलाग्दो बनेन, ढल र फोहोरका कारणले। त्यसकारण हामीले हनुमन्ते करिडोर र सरसफाइ अभियान चलाइरहेका छौँ”।

४० हप्ता अगाडि भक्तपुरकै ऐतिहासिक एवम् लाईफ लाईन हनुमन्ते सरसफाइ अभियानको नेतृत्व गरे । हरेक हप्ता कुनै न कुनै विशिष्ट व्यक्तिलाई आमन्त्रण गरी पहिलो चरणको हनुमन्ते सरसफाइलाई एउटा उचाइमा पु¥याए । यो पवित्र कर्मको कतिपयले ‘नदीको प्लाष्टिक संकलन गरेर पनि कहि सरसफाइ हुन्छ ? यो त प्रचारवाजी मात्र हो ।’ भन्दै कटाक्ष पनि गर्न भ्याए भने कतिपयले यो अभियान भक्तपुरको समृद्धीसँग जोडे । तर, लोकले गरेको कटाक्ष भन्दा आफ्नो जिल्लाको समृद्धि र विकास कसरी गर्ने भन्नेमा नै उनको बढी चासो थियो ।

हनुमन्ते कोरिडोरका लागि ८१ करोडको बजेट एकीकृत बागमती सभ्यता आयोजनाबाट व्यवस्थापन गरेको बताउँदै प्रथम चरणमा राधेराधे क्षेत्रदेखि बालकोट जाने चारदोबाटो चोकको पुलसम्म करिडोर निर्माण चाँडो सम्पन्न गर्ने बताए ।

mahesh1

हनुमन्ते नदिको बास्तविक साइज ५ मिटरभन्दा नभएको अवस्थामा कोरिडोर निर्माणसँगै त्यसको दुवैतर्फ २०–२० मिटर चौडाइका सडक निर्माण हुँदा सडक र नदी गरी ६० मिटरको चौडा हुनेपनि उनले बताए । जसका कारण बाढिको समयमा पनि खासै समस्या उत्पन्न नहुने उनको भनाई थियो । उनको यो सक्रियताले जनप्रतिनिधिले गर्न सक्ने काम धेरै रहेछ भन्ने प्रमाणित गर्छ । सांसद बस्नेतले भक्तपुरमा प्रस्तवित अन्तर्राष्ट्रिय स्तरको रंगशाला, अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र र राष्ट्रिय गौरवको प्राणि उद्यान केन्द्र र भक्तपुरलाई सफा र सुन्दर बनाउनका लागि उनले देखाएका पहल कदमीले इच्छाशक्ति र क्रियाशीलता भएको खण्डमा राजनीतिमा लागेका जो कोहीले पनि विकास र समृद्धीलाई अगाडि बढाउने सक्ने उदाहरण प्रस्तुत गरेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित