दोस्रो प्रकाश दाहाल स्मृति राष्ट्रिय मुवाथाई प्रतियोगिता सुरु

Muwa thai
चितवन ।
चितवनको भरतपुरमा दोस्रो प्रकाश दाहाल स्मृति राष्ट्रिय मुवाथाई प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश नम्बर ३ का सांसद एवम् शिक्षा, स्वास्थ्य कृषि समितिका सभापति घनश्याम दाहालले खेलकुदको क्षेत्रबाट व्यक्तिको साथै राष्ट्रको नाम उँचो राख्न मद्दत पुग्ने  बताए । प्रदेश सरकारले खेलकुदमा लाग्ने व्यक्तिका लागि पेन्सन पाउने व्यवस्था सहितको ऐन निर्माण गरिरहेको उल्लेख गर्दै दाहालले खेलकुदको क्षेत्रमा लाग्न चाहने युवाहरुलाई सरकारले प्रोत्साहन गर्ने बताए  ।


चितवनमा रहेको अल मार्सल आर्ट एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा देशभरीका २४ जना खेलाडीहरुले सहभागिता जनाएका छन् । आठ जना महिला तथा १६ जना पुरुष खेलाडी सहभागी रहेको प्रतियोगितामा १२ वटा फाइट गराइने अल मार्सल आर्ट एकेडेमीका अध्यक्ष उत्तम गुरुङले जानकारी  दिए । तौल समूहमा खेलाइएको प्रतियोगिताको विजेताले नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने गुरुङको भनाइ छ । मुवाथाई प्रतियोगताको उद्घाटन सत्रमा नेपाल राष्ट्रिय मुवाथाई संघका अध्यक्ष गणेशलाल कक्षपति, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश ३ का अध्यक्ष नारायण दाहाललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित