हरेक क्षेत्रमा सपना देख्ने हजारौं केपी ओलीहरु जन्मिनु पर्छ : मुख्यमन्त्री पोखरेल

Shankhar Pokhrel
बुटवल ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले देशको समृद्धिका लागि हरेक क्षेत्रमा सपना देख्ने हजारौं केपी ओलीहरु जन्मिनुपर्ने बताए । अहिलेकै नेतृत्वले विकास र समृद्धिको यात्रामा लैजाने दावी गरेका गर्दै उनले मिडियामा सरकारको काम-कारबाहिका बारेमा नकारात्मक टिप्पणी गरिएता पनि देशको समृद्धिका लागि सरकार प्रतिबद्ध भएर लागिरहेको बताए ।

बुटवलमा आयोजित लुम्बिनी एक्सपोको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले सपना नदेखी केही प्रगति नहुने भन्दै एउटा केपी ओलीले नपुग्ने भएकोले विभिन्न क्षेत्रमा सपना देख्न सक्ने हजारौं ओलीहरु जन्मिनुपर्ने तर्क राखेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले सरकार सही बाटोमा हिँडेको दावी गर्दै उनले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा अर्को वर्षदेखि चीनबाट लुम्बिनीसम्म चल्ने रेलको ट्रयाक खोलिने एबम् चीन र भारतसँगको सम्बन्ध सुमधुर बनेको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित