ए डिभिजन लिगमा आजदेखि दशौँ चरणका खेल

 

 

A-division_BWmphyP5mE

  काठमाण्डौं । शहीद स्मारक शहीद स्मारक ए डिभिजन लिगमा दशौँ चरणमा शुक्रबार तीन खेल हुँदैछन्। मच्छिन्द्र क्लबले सरस्वती युवा क्लबविरुद्ध एन्फा कम्प्लेक्समा भिड्दा सातदोबाटोमा नै हिमालयन शेर्पा र फ्रेन्डस् क्लब प्रतिस्पर्धा गर्नेछन्। एपीएफ मैदान हलचोकमा एनआरटी जावलाखेलविरुद्ध पहिलो जितको खोजीमा मैदानमा उत्रिनेछ। जारी सिजनमा एनआरटी निकै खराब लयमा छ। दशौँ चरणमा मनाङको प्रतिद्वन्द्वी नेपाल पुलिस रहेको छ। पुलिसविरुद्ध मनाङले दशौँ चरणको अन्तिम भिडन्तमा आइतबार प्रतिस्पर्धा गर्नेछ। जारी सिजन पुलिस स्थिर प्रदर्शन गर्न सकिरहेको छैन। नौमध्ये दुई खेलमा हार व्यहोरेको पुलिसले प्रतियोगितामा चार जित निकालेको छ। साथै ३ बराबरीले लिग अंक तालिकामा पुलिस पाँचौ स्थानमा छ। त्यसैले मनाङ पुलिसविरुद्ध संयमित हुने छ। तर विभागीय आर्मीलाई पराजित गरेकाले मनाङको आत्मविश्वास भने विभागीय टिमविरुद्ध बलियो रहेको छ। त्यसो त मनाङ उपाधि दाबेदार क्लबलाई पराजित गर्दै आएकाले दशौँ चरणमा पनि सोही लयलाई निरन्तरता दिनका लागि मनाङ मैदानमा उत्रिने पक्का छ। नवौँ चरणसम्मको यात्रालाई मान्ने हो भने जारी लिगमा मनाङ उपाधि होडमा एकपक्षीय रूपमा अघि बढेको छ। मनाङलाई पछ्याउँदै आएको थ्रीस्टार नवौँ चरणमा आर्मीसँग बराबरीमा रोकिँदा पाँच अंकले पछि छ। यद्यपि मनाङका लागि अबको अवरोध संकटा रहेको छ। तर उपाधि रक्षाका लागि भने संकटाले मनाङलाई रोक्नु त पर्छ नै साथमा अन्य कुनै टिमले पनि मनाङलाई रोक्नुपर्ने आवश्यक्ता छ। तर जारी लिगमा एकमात्र निरन्तर जित निकाल्ने टिमका रूपमा रहेको मनाङ थप बलियो बन्दै गइरहेको छ। लिगमा मनाङको एकपछिय उपाधि भिडन्तलाई रोक्न संकट र थ्रीस्टारमाथि ठूलो दबाब छ। उपाधि जित्ने लक्ष्यमा रहेका दुवै टिम दशौँ चरणमा जित निकाल्नकै लागि मैदानमा उत्रिनेछन्। थ्रीस्टारलाई च्यासलको चुनौती रहँदा संकटाले भने ब्रिगेड ब्वाइजको सामना गर्ने छ। समग्रमा दशौँ चरणमा पनि संकटा, थ्रीस्टार र मनाङ नै सबैको नजरमा हुने पक्का छ। आफूलाई पनि अन्तिमसम्म उपाधि होडमा कायम राख्नका लागि जित्नै पर्ने दबाबमा रहेका संकटा र थ्रीस्टार तथा जित अभियानलाई निरन्तरता दिँदै उपाधि उचाल्ने ध्येयमा रहेको मनाङले आफ्ना प्रतिद्वन्द्वीविरुद्ध गर्ने प्रदर्शन रोचक हुनेछ।

प्रतिक्रिया

सम्बन्धित