टाउकोमा हानेर विदेशीको आईफोन लुट्नेहरु पक्राउ

lutera_1

   काठमाडौं । सिसि टिभी फुटेजको सहयोगले विदेशीलाई लुट्नेहरु पक्राउ परेका छन् । प्रहरीको एक हप्ताको प्रयासपछि लुटेराहरु पक्राउ परेका हुन् । गत मंसिर २८ गते चिनियाँ नागरिक एन्क्यूलिलाई स्नोकर खेल्ने स्टिकले टाउकोमा प्रहार गरी उनको आइफोन लुटे फरार भएका उनीहरु पक्राउ परेका हुन् ।

उपत्यकामा बढ्दै गएको अपराध नियन्त्रणमा प्रहरीमाथि प्रश्नचिन्ह खडा भइरहेको बेला एक जना विदेशी नागरिकमाथि सांघातिक आक्रमण गरी लुट्ने लुटेरालाई प्रहरीले पक्राउ गरेपछि चिनियाँ दूतावासले समेत खुसी ब्यक्त गरेको छ । ‘लुटेरा पक्राउ गर्न चिनियाँ दूतावासको दबाब एकातिर थियो भने अर्कोतिर विना सुराक प्रहरी दिनरात खटिनु परेको थियो । पछि सिसि टिभी राखिएका विभिन्न स्थानको फुटेज खोज्दै अनुसन्धान गर्न थालिएपछि प्रहरीलाई अनुसन्धानमा सफलता मिल्यो’– डीएसपी नरेन्द्र चन्दले भने ।

महाकालस्थित रहेको जनकल्याण माविमा रहेको सिसि टिभीको फुटेजको सहयोगमा गत मंसिर २८ गते राति ७ः३० बजे घटेको घटनाको सफल अवतरण भएको डीएसपी चन्दले बताए । उनले भने, ुसिसि टिभीको अपराध नियन्त्रणमा ठूलै भूमिका हुन्छ, अब सिसि टिभी प्रत्येक टोलटोलमा राखिनुपर्छ ।ु घाइते चिनियाँ नागरिक लिको टाउकोमा ३० टाँका लगाउनु परेको थियो भने उनको दायाँ हातको चारवटै औंला भाँचिएका थिए । चावहिलस्थित दीर्घायु अस्पताल उपचारपछि उनी होटल फर्किएकी छिन् ।

अनुसन्धानका क्रममा प्रहरीले शंका लागेका ४८ जनालाई पक्राउ गरी सोधपुछ गरेको थियो । सिसि टिभीबाट सुराक मिलेपछि अनुसन्धान गर्दै जाँदा शुक्रबार राति १० बजे उनीहरु पक्राउ परेका थिए । चिनियाँ युवतीलाई आक्रमण गरी लुटेपछि उनीहरुले कपन पुगेर एक सटर फोड्दै जुत्ता चोरेको समेत बयानका क्रममा प्रहरीलाई बताएको बौंद्ध बृत्तका प्रहरी निरीक्षक रेशन आचार्यले बताए । प्रहरी नायब निरीक्षक आङकाजी शेर्पाको नेतृत्वमा खटिएको टोलीले लुटिएको आइफोनसहित उनीहरुलाई पक्राउ गर्न सफल हो ।

पक्राउ पर्नेमा रौटहट घर भई हाल बुढानिलकण्ड बस्ने २८ बर्षीय विशाल मगर, सिन्धुपाल्चोक घर भई बुढानिलकण्ड बसोबास गर्ने १९ बर्षीय नवराज सापकोटा र संखुवासवा घर भई बुढानिलकण्ड नगरपालिका वडा, गणेश मन्दिरसँगै बस्ने २० बर्षीय सुमन तामाङ रहका छन् । उनीहरुलाई अदालतबाट म्याद थप गरी डाँका मुद्दा लगाउने तयारी भइरहेको बौंद्ध प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित