वेवारिसे सडक मानव व्यवस्थापन गर्न चाँगुनारायणको अग्रसरता

Manav

भक्तपुर । जिल्लामा भएका वेवारिसे सडक मानव व्यवस्थापन गर्न चाँगुनारायण नगरपालिकाले पहल कदमी शुरु गर्ने भएको छ । नगरपालिकाले मानव कल्याण समाज (सेवा घर) को सहजिकरणमा भक्तपुर जिल्लामा रहेका बेवारीसे सडक मानव व्यवस्थापनका लागि सहयोग गर्न लागेको हो । 

बेवारीसे सडक मानव व्यवस्थापनका लागि नगरपालिकाले सरोकारवाला निकायहरुसँगको अन्तरकृया कार्यक्रमा सम्पन्न गरिसकेको छ । २०७५ साल बैशाख २४ गतेबाट भक्तपुरका सडक तथा सार्वजनिक स्थलहरुमा कष्टकर जीवनयापन गर्न बिवस सबै उमेर समूहका अशक्त, अनाथ, अपाङ्ग असहाय र मनोरोगी ब्यक्तिहरुलाई सेवा गर्दै आएको मानव कल्याण समाजको सेवा कार्यबाट प्रभाबित भई नगरपालिकाले पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको हो ।

चाँगुनारायण नगरपालिकाको उपप्रमुख विना बास्तोलाले यस्ता कार्यका लागि स्थानिय निकाय र जनप्रतिनिधिको पनि साथ र समर्थन आवश्यक रहेको ठानेर काम अगाडी बढाइएको बताईन् । कार्यक्रममा सुर्यबिनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले पनि मानवीय कल्याणको रुपमा उत्कृष्ट सेवा गरी भक्तपुरबासिको मन जित्न सफल सेवा घरले चालेका हर कदममा सुर्यबिनायक नगरपालिका साथमा रहने प्रतिबद्दता जाहेर गरेकी छन् ।

कार्यक्रममा जिल्ला समान्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले वेवारिसे सडक मानवको सेवासँगै यसको दिर्घकालिन समाधानतर्फ लाग्नुपर्नेमा जोड दिए । यस कार्यलाई जिल्लाव्यापी बनाउन र जिल्लाका सम्पूर्ण सरोकारवाला निकायहरुलाई यस मानवीय कार्यमा अग्रसर गराउन जिल्ला समन्वय समितिले पनि निकट भविष्यमा नै यस्ता कार्यक्रम आयोजना गर्ने प्रतिबद्दता व्यक्त गर्दै उनले वेवारीसे सडक मानव व्यवस्थापनका लागि प्रदेश सरकारसँग आर्थिक तथा प्राबिधिक सहयोगको लागि अपिल गरिने बताए ।

कार्यक्रममा गैर सरकारी महसंघका केन्द्रिय सदस्य बालमुकुन्द सुवालले मनोरोगी, बालबालिका र अपाङ्गहरुलाई एकै ठाउमा राखेर सेवा गर्नु आँफैमा चुनौती पूर्ण हुँदाहुँदै पनि मानव कल्याण समाजले नेपाली मात्रैको साथ र सहयोगबाट स्थापनाको छोटो समयमा नै ७० जनालाई सेवा गरी २५ जनालाई पारीवारीक पुनर्मिलन गराउन सफल हुनु आँफैमा भक्तपुरको लागि गौरवको कुरा भएको भन्दै संस्थाको प्रशंसा गरेका थिए ।

त्यस्तै गैर सरकारी महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाईले सेवा घरले वेवारीसे मानवहरुको पहिचान गरी पारिवारीक पुनर्मिलन गराउने, सचेतना मुलक कार्यक्रम गरी सकेसम्म कुनै पनि व्यक्ती सडकमा आउने बातावरण बन्द गर्ने र कुनै व्यक्ती वेवारीसे भईहालेमा उसलाई सेवा दिन स्थानिय निकायले नै स्वामित्व ग्रहण गरी स्थायित्व प्रदान गर्नेतर्फ गैर सरकारी महासंघ भक्तपुरको पूर्ण समर्थन रहने बताए ।

कार्यक्रमका सभापपति चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले मानव कल्याण समाज पारिवारकी सञ्चालिका सुमित्रा चौलागाईलाई सामाजिक कार्यका लागि धन्यवाद दिंदै यस महान मानवीय कार्यमा नगरपालिकाको साथ र समर्थन रहने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित