विमानस्थलका लागि ८ अर्ब थप बजेट माग

airport 2

   काठमाडौं । जग्गा र भौतिक संरचनाको लागि १३ अर्व बढि मुआब्जा वितरण गरिसकेको जीतपुर–सिमरा उपमहानगरपालिका–१६ टाँगिया बस्तीमा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थले थप ८ अर्ब माग गरेको छ।

विमानस्थलले चालु वर्षमा विनियोजन भएको बजेट सकिएको भन्दै थप रकम माग गरेको हो । विमानस्थलका लागि आवस्यक जग्गाा अधिग्रहणका लागि उक्त रकम माग गर्दै अर्थ मन्त्रालयमा प्रस्ताव पुगेको छ। चालु वर्षका लागि जग्गा अधिग्रहणका लागि ५ अर्ब पाएको उक्त आयोजनाले अहिलेसम्म ४ अर्ब रुपैयाँ खर्च गरिसकेको छ। बाँकी १ अर्ब रुपैयाँका लागि सबै प्रक्रियामा गएकोले थप बजेट माग गरिएको अयोजनाले जनाएको छ ।

कूल २३ अर्ब रुपैयाँ मुआव्जाबापत जाने अनुमान गरेको आयोजनाले हालसम्म १३ अर्ब रुपैयाँ वितरण गरिसकेको छ। अर्को वर्षको असोजबाट विमानस्थल संचालन हुनेबेलासम्म सबै मुआब्जा वितरण गरिसक्ने लक्ष्यसहित आफूहरु गएको र त्यही कारण थप बजेट माग गरिएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित