काठमाडौंको तापक्रम १.५ डिग्रीमा झर्‍यो

bp don

   काठमाडौं । काठमाडौं उपत्यकामा आजको तापक्रम १.५ डिग्रीमा झरेको छ । त्यसैले आज यस वर्षको अहिलेसम्मकै धेरै जाडो महसुस गरिएको छ । मौसम विज्ञान विभागले बुधबार विहान ८ः४५ बजे गरेको मापनअनुसार काठमाडौं उपत्यकाको तापक्रम १.५ डिग्री सेल्सियस छ । १.५ डिग्री तापक्रम यस वर्षको अहिलेसम्मकै कम हो ।

मौसमविद मिनकुमार अर्यालका अनुसार बिहान ६ बजे २ डिग्री सेल्सियस मापन गरिएको तापक्रम ८ः४५ बजे झन् घटेर १.५ मा पुगेको हो । आकाश सफा देखिएको बेला झन तापक्रम घट्ने उनले बताए ।

आज सबैभन्दा बढि चिसो जुम्ला भयो । त्यहाँको तापक्रम माइनस ८ डिग्री सेल्सियस छ । डडेलधुराको ०.७ र दिपायलको १.८ डिग्री सेल्सियस तापक्रम छ । मौसमविद्हरु यो वर्ष पनि काठमाडौंको तापक्रम माइनसमा जान सक्ने बताउँछन् ।

हिउँदे वर्षा भयो भने काठमाडौंको तापक्रम अझै घट्ने अनुमान छ । तर, हिउँदे वर्षा नभएमा भने शून्य र एकको बीचमै तापक्रम रहनसक्छ । अहिले तत्कालै त्यस्तो वर्षाको सम्भावना नरहेको मौसमविदको भनाई छ । यसअघि सन् १९७८ मा काठमाडौं उपत्यकाको तापक्रम माइनसमा झरेको थियो । त्यसपछि काठमाडौंमा शून्यभन्दा तल झरेको रेकर्ड छैन ।

प्रतिक्रिया

सम्बन्धित