सेञ्चुरी बैंकद्धारा विद्यालयलाई कम्प्युटर र झोला वितरण

century

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुई विद्यालयलाई कम्प्युटर र झोला वितरण गरेको छ । बैंकले सूर्यविनायक नगरपालिकामा रहेक दुईवटा विद्यायललाई सहयोग गरेको हो ।

बैंकले सूर्यविनायकमा रहेको बाल विनायक आधारभूत विद्यालयलाई एक थान कम्प्युटर र श्री बाल चेतन आधारभूत विद्यालयलाई ३५ थान स्कुल ब्याग हस्तान्तरण गरेका हो   ।

कम्प्युटर बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले बाल विनायक आधारभूत विद्यालयका प्रधानाध्यापक बाबु काजी श्रेष्ठलाई हस्तान्तरण गरे भने ब्याग श्री बाल चेतन आधारभूत विद्यालयका प्रधानाध्यापक रामशरण खड्कालाई हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा बैंकका मार्केटिङ्ग म्यानेजर सुबास शर्मा र विद्यालय व्यवस्थापन समितीका पूर्व अध्यक्ष कृष्ण सिल्वाल र हालका अध्यक्ष सुबास कार्की तथा अन्य पदआधिकारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित