रुखबाट लडेर अपांग भएकी गोरीमायालाई नगद र खाद्यान्न सहयोग
चितवन । चार बर्षअघि रुखबाट लडेर अपांग
भएकी काउलेकी गोरीमाया चेपाङलाई नगद र खाद्यान्न सहयोग प्राप्त भएको छ । चितवनको सौराह अनलाइनमा समाचार प्रकाशित भएपछी मेरुदण्ड भाँचिएर थला परेकी गोरीमाया चेपाङलाई शनिबार नगद रु १६ हजार ५५ रुपैयाँ र एक महिना लागि खान पुग्ने खाद्यान्न सहयोग प्राप्त भएको हो ।
उनलाई उमा शंकर ट्रसका चन्दन अग्रवालले नगद रु ११ हजार र चामल, भुजा, चिउरा, लगायत एक महिनालाई पुग्ने खाद्यान्न सहयोग गरेका हुन् । साथै अष्ट्रलीय निवासी प्रकाश ढुंगानाले आफ्नो बुबाको स्मृतिमा भाई प्रताप ढुंगाना मार्फत रु ५ हजार ५ सय रुपैयाँ सहयोग गरेका छन् । नगद र खाद्यान्न सहयोग प्राप्त भएपछि गोरीमायाले खुसी हुदैँ सहयोगीहरुलाई धन्यावाद दिईन् । फुल मालाले स्वगत पनि गरेकी थिईन् । यस अघि गोरीमायालाई उद्यमशिल महिला जागर केन्द्रले ह्विल चियर बाहेक अरु कुनै व्यक्ति तथा संघसंस्थाबाट कुनै प्रकारको सहयोग प्राप्त नभएको गोरीमायाले बताईन् ।
सगैँ जिउने अनी संगै मर्ने एक अर्काको दुख–सुखमा साथ दिने कसम खाई आज भन्दा १३ बर्ष अघि चितवनको इच्छाकामना गाउँपालिका २ काउले तोरडाँडाकी गोरीमाया चेपाङले कालिका नगरपालिका १० छेरबाङका चन्द्र बहादुर चेपाङसंग प्रेम विवाह गरेकी थिईन् । रुखबाट लडेर मेरुदण्ड भाँचेपछि श्रीमान्ले अर्कैसंग विवाह गरेका छन् । उनी अहिले इच्छाकामना गाउँपालिका २ काउले तोरडाँडा स्थित माईतमा बाआमाको शरणमा छिन् । उनको साथमा अहिले ९ र ८ बर्षकी छोरीहरु छन् । उनिहरुलाई पालन पोषण र पढाउनका लागि पनि आर्थिक अवस्था कमजोर भएका कारण गाह्रो भईरहेको गोरीमायाका बाबु राम बहादु चेपाङले बताए । अहिले सम्म कुनै पनि निकाय व्यक्तिबाट सहयोगत नपाएको उनको भनाई छ ।
प्रतिक्रिया