संसदमा ढाँटेको स्वीकार गर्दै यसरी आफ्नो बचाउ गरे मन्त्री अधिकारीले

rabindra

      काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले वाइडबडी खरिदमा भएको अनियमिततामा आफ्नो कुनै पनि संलग्नता नरहेको दाबी गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिंहदरबारमा आज पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री अधिकारीले वाइडबडी खरिदमा भएको अनियमितताको निष्पक्ष भएर छानविन गर्न समेत आग्रह गरेका छन्। उनले वाइडबडी खरिद गर्ने निर्णय आफ्नो कार्यकालमा नभएको र आफूले पूर्ववत निर्णयहरुलाई कार्यान्वयन मात्रै गरेको स्पष्टोक्ति दिएका छन्।

पर्यटनमन्त्री अधिकारीले अनुमान र पूर्वाग्रहका आधारमा वाइडबडी विमान खरिदमा आफ्नो नाम जोड्ने काम भएको दाबी गर्दै आफू आउनु भन्दा अगाडि नै तय भएको तालिका अनुसार भुक्तानी दिएको भन्दै आफ्नो बचाउ गरे । उनले आफ्नो कार्यकालमा भएका सबै जिम्मेवारी लिन तयार रहेको र न्यायिक निकायले गरिरहेको छानबिनमा अफ्नो सहयोग रहने बताए ।

उनले भने–‘मैले पहिले नै निर्धारण भइसकेको समय तालिका अनुसार रकम भुक्तानी गरेको हुँ, नेपाल बायु सेवा निगमलाई टाट पल्टनबाट जोगाउन सम्माननित सर्वोच्च अदालतको २०७३ पुष १ गतेको फैसला अनुसार पैंसा दिएको हो। मेरो व्यापारिक उद्देश्य होइन।मैले समय तालिका परिवर्तन गर्न मिलेन र भुक्तानी नदिएको भए बैना दिएको पैसा डुब्ने र विमान पनि नेपाल नआउने अवस्था थियो।’

वाइड बडी खरिद प्रकरणको छानविन गर्न गठित लेखा समिति अन्तर्गतको उपसमितिले मन्त्री अधिकारीलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो । महालेखा परीक्षकको कार्यालयले विमान खरिदमा प्रश्न उठाइसकेपछि अन्तिम किस्ता भुक्तानी दिएको, संसदमा झुट बोलेको भन्दै उपसमितिले मन्त्री अधिकारीलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो ।

संसदमा ढाटेको स्वीकार गरेका मन्त्री अधिकारीले भने–‘कुनै प्रसंगमा भएको भेटमा अनौपचारिक कुराकानी मात्र भएको हो । उहाँसँग भएको कुराकानीका आधारमा अन्तिम किस्ता दिएको भने होइन ।’

प्रतिक्रिया

सम्बन्धित