स्थानीय तह र प्रदेशमा जान ६० हजार कर्मचारी तयार

   kramchariii  काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन सरकारले स्थानीय र प्रदेश सरकारमा जान ६० हजार कर्मचारी तयार भएको बताएको छ ।  मन्त्री लालबाबु पण्डितले कूल कर्मचारी मध्ये ७० प्रतिशत बढी कर्मचारी समायोजनमा जान तयार रहेको जानकारी दिएका हुन् । 

उनले स्थानीय तह र प्रदेश तहमा कर्मचारीको अभाव नहुने र नागरिकले सहज रुपमा सेवा पाउने बताएका छन् । संघ, प्रदेश र स्थानीय निकायमा गरी १  लाख ३८ हजार कर्मचारीको दरबन्दी रहेको र आवश्यक अपुग कर्मचारी सङ्घीय लोक सेवा आयोगले छोटो प्रक्रियाबाट पदपूर्ति गर्ने तयारी गरिएको छ ।

सरकारले  स्तरोन्नति, थप ग्रेड वृद्धि तथा वृत्ति विकास गर्न कर्मचारीका लागि सम्पूर्ण ढोका खोलेको र अवकाश पछिको सम्पूर्ण सेवा सुविधा भुक्तानी गर्न सङ्घीय सरकार जिम्मेवार रहने व्यवस्था गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित