पतिसँग फिल्म खेल्न दिपीकाले गरिन अस्विकार

campaign_image20180630160244   बलिउड अभिनेत्री दीपिका पादुकोणले आफ्ना पति रणवीर सिंहसँग फिल्म खेल्न अस्विकार गरेकी छन् । दीपिकाले कविर खानद्वारा निर्देशित फिल्म ‘८३’ मा रणवीरसँग काम गर्न इन्कार गरेकी हुन् ।

भारतीय क्रिकेट टिमद्वारा सन् १९८३ मा जितेको विश्वकपमा आधारित फिल्म ‘८३’ मा दीपिका र रणवीरले सँगै अभिनय गर्ने लगभग पक्का भएको थियो।

उक्त फिल्ममा रणवीर क्रिकेटर कपिलदेवको भूमिकामा देखिनेछन्। दीपिकालाई कपिलदेवकी श्रीमतीको भूमिकामा अफर गरिएको थियो।

समाचार अनुसार दीपिकाले फिल्ममा आफ्नो भूमिका सशक्त नभएका कारण फिल्म खेल्न नमानेकी हुन्। फिल्मको कथा कपिलदेव र क्रिकेट विश्वकपको वरिपरि घुम्ने र आफ्नो भूमिकाले खासै छाप छोड्न नसक्ने भएकाले दीपिकाले अभिनय गर्न नमानेको बताइएको छ ।

दीपिकाले रणवीर सिंहलाई भन्दा पनि भूमिकालाई हेरेर फिल्म खेल्ने भएकाले दीपिकाले उक्त फिल्म छोडेको भारतीय सञ्चारमाध्यमले बताएका छन्।

 

(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया

सम्बन्धित