सुख्खा बन्दरगाहामा ऋण दिन किन डरायो वल्ड बैंक
काठमाडौं । विश्व बैंकको ऋण सहयोमा चोभारमा निर्माण गर्ने भनिलएको सुख्खा बन्दरगाहा फेरी अन्योलमा परेको छ । विश्व बैंक आफ्नो प्रतिवद्धताबाट पछि हटेको कारण अन्योलमा परेको हो ।
विश्ले स्थानीयसँगको विवाद नसुल्झेसम्म काठमाडौं सुख्खा बन्दरगाह निर्माणमा ऋण लगानी नगर्ने जनाएको छ ।
स्थानीयबासीसँगको विवाद सुल्झाएर काम अघि बढाउन सरकारलाई सुझाव दिएको विश्व बैंकका नेपाल प्रतिनिधि दीपसिंह श्रेष्ठले बताएका छन् । स्थानीयले समेत विश्व बैंकले नागरिक मर्कामा परेको परियोजना भएको भनेर लगानी नगर्न आग्रह गरेका छन् । स्थानीयकै विरोध आएको कारण विश्व बैंक हच्किएको हो ।
स्थानीयले आर्थिक, प्राविधिक, ऐतिहासिक रुपमा चोभारमा बन्दरगाह बनाउन नसकिने भन्दै विश्व बैंकको ध्यानकर्षण गराएका छन् । सरकारले भने यो बन्दरगाहा निर्माण गर्ने योजना सहिक प्रकिया अघि बढाएको छ । माघ ३ गते प्रधानमन्त्री केपी ओलीबाट नै शिलान्यास गर्न लागिएको जनाइएको छ ।
प्रतिक्रिया