भारतको एकाधिकार तोड्न चिनबाट पनि इन्टरनेट
काठमाडौ । नेपाल टेलिकमले चाइना युनिकम कम्पनीसँग सम्झौता गरेर इन्टनेट भिभ्याउने तयारी गरेको छ । यसका लागि टेलिकमले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा स्वीकृतिका लागि पठाइसकेको टेलिकम श्रोतले जनाएको छ ।
मन्त्रालयबाट स्वीकृत भएसँगै चीनको नयाँ कम्पनीबाट नेपालमा इन्टरनेट भित्र्याउने तयारी भएको हो। त्यसका लागि कम्पनी पूर्णरूपमा तयारी भइसकेको उनले बताइन्। उनका अनुसार पुरानै मूल्यमा नयाँ कम्पनीबाट इन्टरनेट ल्याउने तयारी भएको छ ।
चाइना टेलिकम र चाइना युनिकम दुवै चिनियाँ सरकारी कम्पनी भएकाले दुवैबाट आउने ब्यान्डविथको मूल्य एउटै हुनेछ । यसअघि नेपाल टेलिकमले चाइना टेलिकमसँग मासिक २५ डलर प्रतिएमबी पीएसका दरले १.५ जीबीपीएस इन्टरनेट ल्याएको थियो। त्यही मूल्यमा नयाँ कम्पनीसँगबाट इन्टरनेट ल्याउने तयारी भइरहेको छ ।
अन्य मुलुकबाट आउने इन्टरनेटको मूल्य घटेर प्रतिएमबीपीएस १० डलरको हाराहारीमा आइसकेको अवस्थामा टेलिकमले नयाँ चिनियाँ कम्पनीसँग सम्झौता गर्ने हो भने त्यसबाट टेलिकमले ठूलो नोक्सान बेहोर्नुपर्नेछ । पहिलो कम्पनीबाट टेलिकमले १० जीबी इन्टरनेट ल्याउने गरी सम्झौता गरेको हो। चीनबाट इन्टरनेट ब्यान्डविथ थप गर्न ब्यान्डविथको खपतमा वृद्धि हुनुपर्नेछ ।
प्रतिक्रिया