प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबै उडान अवतरण बन्द

triabu

 काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबै उडान अवतरण बन्द भएको छ । अहिले काठमाडौं उपत्यकामा सिमसिम वर्षा भइरहेको छ र भिजिबिलिटी एकदमै कम छ ।

त्यसैले विहानैदेखि अन्तर्राष्ट्रिय र राष्ट्रिय उडान अवतरण बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन् । उनले ‘एयरपोर्ट पूरै बँद रहेको र कुनै पनि उडान अवतरण हुन नसकेको बताएका छन् ।

टाढाबाट आएका विमानहरु नजिकको एयरपोर्टमा डाइभर्ट भएको र नजिकका एयरपोर्टबाट काठमाडौं हुने उडान रोकिएको उनले जानकारी दिएका छन् ।

मौसमविद समिर श्रेष्ठका अनुसार एयरपोर्ट क्षेत्रमा पानी पर्न रोकिए पनि भिजिबिलिटी १ सय मिटरमा झरेको छ । तर उडान अवतरणका लागि १५ सय मिटरसम्म भिजिबिलिटी चाहिने भएकाले उडान अवतरण हुन सकेको छैन । उडान हुन नसक्दा बिहानै एयरपोर्ट पुगेका यात्रुहरु बिचल्लीमा परेका छन् ।

मौसमविदका अनुसार काठमाडौंको आकाश दिउँसोतिर खुल्ने अनुमान छ । मौसमविद श्रेष्ठले भने, ‘हिजोको सिस्टम बाँकी रहेकाले काठमाडौंमा मौसम बदली भएको हो । देशको मध्य र सुदूरपश्चिममा पनि बदली छ । त्यो बादल पनि पातलिँदै गएको छ । दिउँसोतिर घाम लाग्छ ।’

प्रतिक्रिया

सम्बन्धित