कानुन अनुसार डोजर चलाईएको हो, यसले कसैलाई अप्ठेरो पारेको छैन : मेयर श्रेष्ठ

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले थिमि–४ स्थिति कृष्ण श्रेष्ठले नगरपालिकाको नियम विपरित बाटोमा पर्खाल लगाएको हुँदा डोजर चलाउन बाध्य भएको जनाएको छ । आइतबार नगरपालिकाले श्रेष्ठको जग्गामा लगाइएको पर्खाल र निर्माण गरिएको टहरा डोजर लगाएर भत्काएपछि विभिन्न सञ्चारमाध्यममा गलत हल्ला फैलाई समाचार प्रकाशित भएकोप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै उपमेयर अञ्जना मदिकर्मीले दुखेसो व्यक्त गरिन् । उनले भनिन्–‘उपमेयरको घरमा जानका लागि जबर्जस्ती डोजर चलाइएको’ भनेर मेरो मानहानी गर्ने गरी समाचार प्रकाशित भएको रहेछ । तर, त्यो बाटो मेरो मत्रै होइन्, हामी सबैको हो । नगरपालिकाले उहाँ (कृष्ण) लाई पटक–पटक आग्रह गर्दा पनि उल्टै ‘सेट ब्याक’ नै नछाडी पर्खाल लगाई बाटो नै कब्जा गर्ने गरी फलामको फेम बनाई टहरा बनाएपछि हामीले बाध्य भएर डोजर चलाएका हौं ।’
‘तीन पटकसम्म इन्जिनियर, स्थानीबासी, अमीन, योजना प्रमुखलगायतसँग छलफल गरी जाँच पास गर्दा उहाँ (कृष्ण) ले गलत गरेको पुष्टि भएपछि हामीले उहाँलाई आफै भत्काउन आग्रह गरेका थियौं । नगरपालिकाले पनि सूचना टाँस्नेदेखि लिखित रुपमा आग्रह गर्ने काम पनि गरेको छ । र पनि उहाँले अटेर गर्दा नगरपालिका डोजर चलाउन बाध्य भएको हो ।’–मधिकर्मीले थपिन् । यसरी व्यक्तिले सरकारी जग्गा हडप्दै जाने हो र जनप्रनिनिधिले पनि वेवास्ता गर्ने हो भने त्यसले गतल नजिर बस्ने भन्दै उनले गैरकानुनी काम गर्ने जो कोहीलाई पनि नगरपालिकाले कारबाही गर्ने बताईन् ।
एकापटि वनको सिमाना पर्ने उक्त ४ मिटरको बाटोमा दुबै तर्फबाट १–१ मिटर छाड्नुनर्पे नगरपालिकाको नियम छ । तर, श्रेष्ठले भने १ मिटर छाड्नु त परै जाओस् उल्टै बाटो नै मिच्ने गरी टहरा बनाएपछि नगरपालिकाले डोजर लगाएको हो । यस विषयमा माईन्यूज नेपालसँग कुरा गर्दै मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर शाक्यले भने–‘१३ फिटको बाटोमा ५ फिट सेट ब्याक छाड्नु पर्नेमा नछाडी नक्सा पास समेत नगरी टहरा निर्माण गरेकाले नगरपालिकाले भत्काएको हो । यसमा हामीले कसैलाई पनि अप्ठेरो पारेका छैनौं ।’ मेयर श्रेष्ठले पटक–पटक समस्याको समाधान गरौं भन्दा उहाँ(जग्गाधनी श्रेष्ठ)ले नमानेपछी नगरपालिकाले डोजर चलाएकाे बताए ।
रेडपाण्डा पदमार्ग : सस्तो प्याकेजमा रोमान्चक यात्रा
_cknSO4K7tt_bvmoaluri2jj9w1mvbzcbhqttfkiq9jcjav3oipktopx1whnmm0xqmssvx55_juUN3jdZ7q_6h38h2yfmkt24j1jffyw7dirfqreqenvcm0faudz5v0ql4ytn61arqkuxcnp.png)
चैत २० गतेपछि देशभरका शिक्षकहरुले जनआन्दोलन गर्दैछन् :अध्यक्ष सुवेदी
_ahdYWUiHOj_0kpuibkcrbyv78wkwfnkiipckj3somx3czevxfpwbmnzir1wototrcqbfjyf_f48Dx3qDAX_uqjc3r6pkkbxlqrnhl1nrn1pkqvpembuex2yov9bsys1mjvznyjd28mnl7ke.jpg)
मान्छेको बद्ला मान्छे मागेका होइनौं, न्याय मागेका हौं : अन्जनी कोइराला
_DqXWp28DBH_jm4kygurvbvjev3gsgadjlxdbxg1miq8uzc7uws7ufdyg7e6yw3gdhqeuycs_mNz7JRJHDT_hquxt9oupqreyonn6q67kno2p4u8rb0g96exsiuoj4cgvdc8bbdoyh02zywz.jpg)
परापूर्व कालदेखि नै नेपाल भूकम्पको उच्च जोखिममा छ : डा.लोकविजय अधिकारी

स्वस्थानीको महत्व नेपालमा जस्तो विश्वमा कहींपनि छैन् : पण्डित न्यौपाने
_wD371FVJdd_xo8fapwq45bovx4gvk1a0o0vbio7rgbrnjagohyedx56sll2naackqw6qnf6_ZIaGlQXYWj_8ekivi1agc5jcajwz7jqywvochrjbbl3rwslizvddqwaifew8bkpqoxcuofi.jpg)
पृथ्वीनारायण शाहले औंला ठड्याएको चित्रको अर्थ के ?

पेले, संसारकै महान फुटबल खेलाडी : दिवस खपाङ्गी

प्रतिक्रिया