हिउँदे झरी र हिमपातका कारण देशभरको जनजीवन कष्टकर, काठमाडौं छेउछाउका डाँडाँहरुमा पनि हिउ पर्ने सम्भावना

pani

     काठमाडौं । बुधबार रातीदेखि देशका प्रायः सबै भूभागमा परेको पानी र हिमपातका कारण जनजीवन कष्टकर बनेको छ । गएरातीदेखि परेको झरी अहिलेसम्म रोकिएको छैन भने हिमाली जिल्लाहरुमा हिमपात शुरु भएको छ । हिमपात र वर्षातसँगै बढेको चिसोले जनजीवन कष्टकर बनेकोे हो ।

काठमाडौं उपत्यकासहित देशका मध्य र पश्चिमी भेगहरुमा पानी परिरहेको छ। उपत्यकासहित मध्यभेगका केही ठाउँमा बिहीबार बिहान करिब ५ बजेदेखि पानी परिरहे पनि केही स्थानमा भने मंगलबार रातीदेखिनै पानी परेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मंगबारदेखि पानी पर्न शुरु गरेको पश्चिमी तराई तथा पहाडी क्षेत्रमा बिहीबार भारी वर्षा हुनेछ भने हिमाली भेगमा भारी हिमपात हुने सम्भवना रहेको छ। पश्चिमी वायुको प्रभावका कारण आज देशका अधिकांश भेगमा पानी पर्ने भएको छ। महाशाखाका अनुसार शुक्रबार काठमाडौँ आसपासका अग्ला भूभाग फुल्चोकी, दामन, चन्द्रगिरिलगायत स्थानमा पनि हल्का हिमपात हुने देखिन्छ ।

सुदूरपश्चिमबाट प्रवेश गरेको पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण मुलुकभर वर्षा र हिमपात सुरु भएको हो ।
शनिबारसम्म मुलुकभर अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा तथा हिमपात र केही स्थानमा भारी वर्षा तथा हिमपात हुने सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित