विशिष्ट व्यक्तिहरुको झण्डै तीन सय जना पिएसओ फिर्ता

griha

   काठमाडौं । गृह मन्त्रालयले विशिष्ठ व्यक्तिको सुरक्षामा खटिएका सुरक्षा गार्ड (पिएसओ) लाई फिर्ता बोलाएको छ। सुरक्षा खतरा नभएका पूर्वप्रधानमन्त्री, पूर्वन्यायाधीश, पूर्वमन्त्रीलगायत पूर्व विशिष्ठ व्यक्तिहरुको सुरक्षाकर्मी फिर्ता बोलाइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रिपरिषद बैठकको निर्णय अनुसार नै अहिलेसम्म करिब तीन सयजना सुरक्षाकर्मी फिर्ता बोलाइएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए। झण्डै ३ सय सुरक्षाकर्मीलाई फिर्ता बोलाइसकेको एसएसपी सुवेदीले बताए । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सार्वजनिक गरेको ८२ बुँदे गृह सुधार योजनामा गत वैशाख मसान्तसम्म अनावश्यक रूपमा लिएका पिएसओ र अर्दली फिर्ता गर्ने उल्लेख गरिएको थियो।

वर्षौँदेखि भिआइपी व्यक्तिको सुरक्षा र सहयोगीको रुपमा ५ हजारभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ। पूर्व राष्ट्रपतिदेखि वर्तमान मन्त्रीसम्मका ड्राइभरमा पनि प्रहरी कर्मचारी खटिएका छन्। पूर्व सांसददेखि केन्द्रमा प्रभाव राख्ने स्थानीय नेताले समेत प्रहरीलाई ड्राइभर बनाएका छन्। उच्चपदस्थ सरकारी कर्मचारीका पनि ड्राइभर प्रहरी छन्।

 

प्रतिक्रिया

सम्बन्धित