पोखरामा नक्कली नोट छाप्ने दम्पत्ति यसरी परे प्रहरीको जालमा

nakkali

 कास्की। पोखरा महानगरपालिका-५ प्रस्याङ डेरा गरी बस्ने मकवानपुर हेटौंडा घर भएका ३२ वर्षीया नरेश लामा र उनकै श्रीमती २५ वर्षीया सरस्वती बलामीलाई नक्कली नेपाली रूपैयाँ १ हजार दरका १९ थान, ल्यापटप र मोबाईलसहित सोमबार बिहान प्रहरीले पक्राउ गर्‍यो ।

 कास्की प्रहरी प्रमुख एसपी ओम रानाका अनुसार माघ २२ गते पोखरा महानगरपालिका-१६ अर्मला स्थित गुरुङ किराना पसलमा ग.१४ प ३५४ नम्बरको डुक मोटरसाइकलमा आएका उनीहरूले १ हजारको नक्कली नोट दिई एक सयको एनसेलको रिचार्ज कार्ड किनेर नौ सय रुपैया फिर्ता लगेपछि त्यसको रहस्य खुलेको हो। लगत्तै उनीहरु फरार भएका थिए ।

 त्यसलगत्तै प्रहरी निरीक्षक दिपक थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले प्रस्याङस्थित डेरा कोठामा बसी नक्कली नोट बनाईरहेको अबस्थामा नक्कली रुपैया,नगद र रिचार्ज कार्डसहित दुबै जनालाई पक्राउ गरेको हो। दुबै जनालाई मुद्रा सम्बन्धी कसुर मुद्धामा म्याद थप अनुमति लिई थप अनुसन्धान गरिएको एसपी थापाले वताए। 

 अनुसन्धान पछि  खुलेको तथ्यहरु

  •        मिति २०७५।०९।२७ गते मकवानपुरबाट पोखरा आएको ।
  •        करिव ३ दिन जति लेकसाईडको होटलमा बसेकोमा त्यसपछि पोखरा-५, पर्स्याङमा भाडामा बस्दै आएको ।
  •        Youtube मा नक्कली पैसा बनाउने भिडियो हेरि सोही अनुसार बनाउन सिकेको ।
  •        नक्कली पैसा print गर्ने चाहिने color printer पोखरा भाटभटेनीमा गई किनेको र आफू बस्ने कोठामा नै Laptop, color printer, फोटोकपी पेपर, कैची, गमको प्रयोग गरि नक्कली          पैसा         बनाउने गरेको ।
  •        पोखराका बिभिन्न स्थानहरुमा गरि करिव २०० भन्दा बढी स्थानहरुमा नक्कली पैसा दिई सामानहरु किन्ने गरेको । बढी मात्रामा Recharge Card किन्ने गरेको । कतै कतै आबश्यक अन्य              सामानहरु पनि किन्ने गरेको ।
  •        दिनमा करिब १०-१५ बटा सम्म साट्ने गरेको ।
  •        विशेषगरि महिला, केटाकेटिहरु भएको पसलहरुमा गई नक्कली नोट दिने गरेको ।
  •        घटनामा प्रयोग गर्ने गरेको ग१प ३५४, डुक मोटरसाईकल ग्लोवल रिकन्डीसन बाट किनेको ।
  •        पक्राउ परेका दुईको डेड बर्ष देखी चिनजान भई अफियर चलेको तर केटा चाहीको बिहे भईसकेको ।

प्रतिक्रिया

सम्बन्धित