नेपालद्वारा युएई ७ विकेटले पराजित, बढ्यो विश्वकप खेल्ने सम्भावना

Dz_DMmNU8AAtiHd_o7Ij8nFGlf

  काठमाडौं । आइसिसी महिला टी–२० एसिया क्षेत्रीय छनोटमा नेपालले युएईलाई ७ विकेटले हराएको छ। थाइल्याण्डको बैंककमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले दिएको ४२ रनको चुनौती नेपालले ३ विकेट गुमाएर पूरा गर्‍यो। पहिले व्याटिङमा आएको युएईले १७ दशमलब ३ ओभरमा ४१ रन मात्रै बनाउन सक्यो। युएईकी चामिनी सेरेभिरान्ताको १३ रनबाहेक अन्य कुनै व्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् ।

युएईको इनिङ ध्व्सत बनाउन नेपाली बलर नेरी थापाले ४ विकेट लिइन भने सरिता मगर, कविता कुँवर र सोनु खड्काले समान दुई दुई विकेट लिए। जवाफी व्याटिङ गरेको नेपालले १० दशमलब २ बलमा ३ विकेट गुमाएर भेट्टायो। नेपालका लागि ओपनर काजल श्रेष्ठले १५ रन बनाइन् भने सरिता रानामगर ६ रनमा आउट हुँदा अप्सरा बेगम शून्यमा पेभिलिएन फर्किइन्।

नेपालकी रुविना क्षेत्रीले १८ रनको नटआउट पाली खेलिन्। यो जीतसँगै नेपालको विश्वकप खेल्ने सम्भावना जिवितै रहेको छ। नेपालले पहिलो खेलमा मलेसियालाई ३४ रनले हराएको थियो भने दोस्रो खेलमा थाइल्याण्डसँग ५७ रनले हारेको थियो। नेपालले अब अर्को खेल आइतबार हङकङसँग खेल्नेछ।

राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकप छनोट २०१९ प्रतियोगितामा खेल्नेछ ।एशिया छनोटमा नेपालसहित सात राष्ट्रले प्रतिस्पर्धारत छन्

प्रतिक्रिया

सम्बन्धित