महिला विश्वकप : नेपालले कुबेतलाई ३० रनले पराजि

cric

  काठमाडौं । आइसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटमा आज नेपालले कुबेतलाई ३० रनले पराजित गरेको छ। थाइल्यान्डको बैंककमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १ सय १७ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

जवाफी ब्याटिङ गरेको कुवेतले निर्धारित ओभरमा अलआउट हुँदै मात्रै ८६ रन बनाउन सक्यो। नेपालकी विन्दु रावल सर्वाधिक २८ रनमा अविजित रहिन्। त्यस्तै रुविना क्षेत्री २२, नेरी थापा १९, काजल श्रेष्ठले १८ रनको योगदान दिइन्।

कुवेतलाई सस्तैमा समेट्न नेपालकी रुविना र करुना भण्डारीले समान ३.३ विकेट लिइन भने नेरी थापा र कविता कुँवरले १.१ विकेट लिइन। ७ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपालले पाँच जित हात पारे पनि ग्लोबल क्वालिफायर पुग्ने सम्भवना भने लगभग सकिएको छ। एक खेल खेल्न बाँकी रहेको थाइल्याण्ड र नेपालको समान १० अंक भएको छ। तर थाइल्याण्डको रनरेट नेपालको भन्दा राम्रो छ । र आजै थाइल्याण्डले युएईसँग खेल्नेछ। उक्त खेल जितेमा थाइल्याण्ड अपराजित रहँदै ग्लोबल क्वालिफायर पुग्नेछ।

प्रतिक्रिया

सम्बन्धित