पाकिस्तानले दुई भारतीय लडाकु विमान खसाल्यो, एक भारतीय पाइलटको अपहरण
काठमाडौं । भारत र पाकिस्तानबीच एयर बिमान खसाल्ने बिषयमा आ-आफ्नै दाबीहरु प्रस्तुत हुन थालेको छ।
बिबीसीका अनुसार पाकिस्तानले दुई भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ ।
पाकिस्तान शासित कश्मिर क्षेत्रमा भारतीय वायु सेनाका दुई वटा जेट विमान प्रवेश गरेसँगै गरिएको जवाफी कारबाहीमा ती विमान धवस्त भएको पाकिस्तानले जनाएको छ । सो घटनापछि एक जना भारतीय पाइलटलाई नियन्त्रणमा लिइएको पाकिस्तानको दाबी छ ।
पाकिस्तान सेनाका प्रवक्ता मेजर जेनरल असिफ गफुरले एउटा विमान पाकिस्तानी क्षेत्रमा खसेको र अर्को भारतीय भूमिमा नै खसेको जनाएका छन्।भारततर्फ विमान दुर्घटनाग्रस्त भएकोस्थानबाट दुई जनाको शव बरामद भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
काश्मिरको पुलुवामा भएको आत्मघाती आक्रमणमा ४६ जना सीआरीपी जवानको मृत्यु भएसँगै भारत र पाकिस्तानबीच लडाईं शुरु भएको छ।
प्रतिक्रिया