पर्यटनमन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटना भएको पुष्टि, घटनास्थलमा चिन्नै नसकिने पाँच जनाको शव देखियो
काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ६ जना सवार हेलिकोप्टर ताप्लेजुङको फुङलिङ नगरपालिकाको दाह्रेढुंगामा दुर्घटना भएको छ । प्रदेश नम्बर १ का प्रहरी प्रमुख डिआईजी केदार रिजालका अनुसार दुर्घटना स्थलमा पाँच जनाको शव भेटिएको तर, चिन्न सकिने अवस्था नरहेको जानकारी गराएका छन् ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीसहितको टोली पनि दुर्घटनास्थलतर्फ लागिसकेको छ । हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए । मन्त्रीसहित ६ जना उक्त हेलिकप्टरमा सवार थिए। हेलिकप्टरमा मन्त्री अधिकारीसँगै निजी क्षेत्रको हवाई सेवा यति एयरलाइन्सका मालिक आङ छिरिङ शेर्पा
प्रधानमन्त्री कार्यालयमा कार्यरत उपसचिव युवराज दाहाल नागरिक उड्ययन प्राधिकरणका निर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै एरोड्रम इन्जिनियरिङ विभागका प्रमुख ध्रुवदाश बजिमय, अर्जुन घिमिरे पनि छन्। घिमिरे पनि प्रधानमन्त्री कार्यालयमा कार्यरत रहेको बताइएको छ।
प्रतिक्रिया