लादेनका छोराको सूचना दिनेलाई साढे १० करोड पुरस्कार
काठमाडौं । अमेरिकाले आतंकवादी संगठन अलकायदाका नेता ओसामा बिन लादेनका छोरा हमजा बिन लादेनको विषयमा सूचना दिनेलाई १० लाख डलर (झण्डै साढे १० करोड रुपैयाँ) पुरस्कार दिने घोषणा गरेको छ । केही वर्षअघि सैनिक कारवाहीमा मारिएका आतंकवादी संगठन अलकायदाका नेता लादेनका छोराका हमजा अहिले अलकायदाको प्रमुख नेता भएको भन्दै अमेरिकी गृह मन्त्रालयले उक्त घोषणा गरेको हो ।
पछिल्ला वर्षमा हमजाले थुप्रै भिडियो रिलिज गरेका छन् जसमा उनले आफ्ना पितालाई मार्ने अमेरिका र उसका पश्चिमी सहयोगीहरुसँग बदला लिनका लागि समर्थकहरुलाई एकजुट हुन आह्वान गरेका छन् । अमेरिकी विशेष बलले सन् २०११ मा पाकिस्तानको एबटाबादमा ओसामा बिन लादेनको हत्या गरेको थियो । ३० वर्षिया उनलाई अमेरिकाले दुई वर्ष अगाडि नै आतंककारी घोषणा गरेको थियो ।
प्रतिक्रिया