महिला भलिबल प्रतियोगितामा एपीएफकाे जित

Untitled-1

   काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक छैटौं राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगितामा विभागीय टोली एपीएफले जित हात पारेको छ । 

सोमबार भएको खेलमा एपीएफ क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सोझो जित निकालेको हो । पहिलो सेटमा २५–१७ को जित निकालेको एपीएफले दोस्रो सेटमा २५–१३ र अन्तिम सेटमा २५–२० को जित निकाल्न सफल भएको थियो ।
आज नै भएको पहिलो खेलमा हंगवान्जि न्यु डायमण्ड एकेडेमीले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । न्यू डायमण्डले पुलिसलाई ३–१ सेटले हराएको हो ।

पहिलो सेटमा २५–२३ अंकले जित हात पारेको न्यु डायमण्डले दोस्रो सेट भने पुलिसलाई सुम्पेको थियो । दोस्रो सेटमा पुलिसले २५–१४ को जित निकाल्न सफल भयो । त्यस पछिका दुबै सेटमा न्यु डायमण्डले सहज जित निकाल्यो ।

न्यु डाईमण्डले तेस्रो सेट २५–१५ र चौथो सेट पनि २५–१५ को फरकमा जित हात पार्न सफल भएको हो ।

प्रतिक्रिया

सम्बन्धित