प्रधानमन्त्रीद्वारा हावाहुरी प्रभावित क्षेत्रमा निरीक्षण, उद्धार कार्य जारी

Sarbendra-and-KP-oli

 काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल समेतको टोलीले बारा तथा पर्सा जिल्लाका हावाहुरी प्रभावित क्षेत्रको सोमबार अवलोकन गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार राति बारा र पर्सामा आएको हावाहुरीबाट २७ जनाको मृत्यु भएको जनाएको छ।

 गृहले सोमबार साँझ जारी विज्ञप्ति जारी गर्दै बाराका २६ र पर्साका १ गरी २७ को मृत्यु भएको पुष्टि गरेको हो। मृत्यु हुनेमा १० पुरुष, ११ महिला र ६ बालबालिका रहेका छन्। गृहले घटनामा ६ सय ६८ घाइते भएको र २८४ जना प्राथमिक उपचारपछि घर फर्किसकेको जनाएको छ।
घटनाका परी घाइते भएका ६ सय ४ जनामध्ये पर्सास्थित विभिन्न अस्पतालहरूमा ३ सय ४४ जनाको उपचार भइरहेको छ । १० जनालाई थप उपचारको लागि नेपाली सेनाको स्काई ट्रकद्वारा काठमाडौं ल्याई उपचार भइरहेको छ । साथै बाराको कलैयास्थित विभिन्न अस्पतालमा ४२ जनाको र अन्यको स्थानीय स्वास्थ्य चौकी तथा मेडिकलहरूमा उपचार भइरहेको छ ।

 KP-Oli

 नेपाल प्रहरी अस्पताल महाराजगंजबाट विशेषज्ञ चिकित्सकसमेत १९ जना स्वास्थ्यकर्मीहरूको टोली त्यसतर्फ खटि गई उपचारमा संलग्न रहेको छ ।
नेपाल प्रहरी श्रीमती संघले ५ हजार थान त्रिपाल, ड्राईफुड समेतका खाद्यान्न, सरसफाईका सामान लगायत अन्य राहत सामाग्रीहरू प्रभावित क्षेत्रमा तत्काल राहतको रुपमा पठाएको छ ।

 उक्त प्रभावित स्थानहरूमा खोज, उद्धार तथा राहतलाई तीव्रता दिन आइतबार रातिदेखि नै २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक हरिबहादुर पाल समेतको टोली परिचालित रहेको थियो । साथै जिल्ला प्रहरी कार्यालय वारा तथा पर्सा, दङ्गा नियन्त्रण प्रहरी गण हेटौंडा, सशस्त्र प्रहरी गण जनकपुर, मध्ये क्षेत्र सशस्त्र प्रहरी गण रातोमाटे, विपद व्यवस्थापन गुल्म वीरगंज लगायतका प्रहरी युनिटबाट समेत तत्काल प्रहरी टोली खटिई गई उद्धार कार्य गरिरहेको प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित