क्यानाडाका दुई पूर्वमन्त्री बर्खास्तीमा

काठमाडौं । क्यानाडाका दुई पूर्वमन्त्री पार्टीबाट बर्खास्तीमा परेका छन् । प्रधानमन्त्री जस्टिन ट्रुडोले सरकारमाथि आइपरेको संकट तत्कालका लागि मिलाउन भन्दै आफ्नो सरकारका दुई पूर्व मन्त्रीलाई पार्टीबाट बार्खास्ता गरिदिएका हुन् । प्रधानमन्त्री ट्रुडोले पूर्व कानूनमन्त्री जोडी विल्सन रेबल्ड र अर्थ बोर्डकी पूर्व निर्देशक जेन फिल्पटलाई सत्तारुढ लिबरल पार्टीको तर्फबाट संसद्मा उपस्थित हुन नदिइने जनाएका हुन् ।
त्यस्तै आगामी निर्वाचनमा ती दुबै नेतृलाई लिबरल पार्टीका तर्फबाट चुनावमा उम्मेद्वार नबनाइने समेत जनाएका छन् ।पार्टीको बैठकपछि प्रधानमन्त्री ट्रुडोले ती दुई नेतृ र पार्टीबीच यसअघि रहेको भरोसा सकिएको जनाउँदै पार्टीभित्र हुने गृहयुद्धले पार्टीलाई फाइदा नगर्ने भन्दै उनीहरुलाई पार्टीबाट बर्खास्त गरिएको जनाएका छन् ।
पूर्व कानूनमन्त्री विल्सन रेबल्डले गत फेब्रुअरी महिनामा उच्च सरकारी र राजनीतिक तहबाट भ्रष्टाचार प्रकरणमा मुछिएको एसएनसी लाभालिन नामक कम्पनीलाई सहयोग गर्नका लागि दबाब आएको भन्दै राजीनामा दिएकी थिइन् ।
त्यसैलाई मुद्दा बनाउँदै जेन फिल्पटले पनि मन्त्रिपरिषद् सदस्य सरहको अर्थ बोर्डको निर्देशक पदबाट राजीनामा दिएकी थिइन् ।
प्रधानमन्त्री ट्रुडोले भने यसमा सरकारको कुनै भूमिका नरहेको र आफूले केही गलत काम नगरेको बताउँदै आएका छन् ।
लाभालिन प्रकरण बाहिर आएर सरकारकी मन्त्रीले राजीनामा दिएपछि क्यानाडामा ट्रुको सरकार संकटमा परेको छ भने सर्वेक्षणहरुमा आगामी आम निर्वाचनमा पनि उनको पार्टी नराम्ररी पराजित हुने नतिजाहरु सार्वजनिक भइरहेका छन् । क्यानाडामा आगामी अक्टोबर महिनामा आम निर्वाचन हुँदैछ ।
पार्टीबाट बखास्तीमा परेका दुबै नेतृ विल्सन रेबल्डले लाभालिन भ्रष्टाचार प्रकरणमा आफूलाई दबाब दिएको विषयमा आफूले यसअघि चालेको कदमप्रति कुनै पछुतो नरहेको र आफूले सत्या बोलेको र भविष्यमा पनि सत्य कुरा बोल्न नछाड्ने प्रतिक्रिया दिएका छन् । – एजेन्सी
रेडपाण्डा पदमार्ग : सस्तो प्याकेजमा रोमान्चक यात्रा
_cknSO4K7tt_bvmoaluri2jj9w1mvbzcbhqttfkiq9jcjav3oipktopx1whnmm0xqmssvx55_1ZxXWKqbnk_q50arsu2namh94i6a4qg7kkqfahelolaaaliyxqrdjeqwvn3nyytk8xscel3.png)
चैत २० गतेपछि देशभरका शिक्षकहरुले जनआन्दोलन गर्दैछन् :अध्यक्ष सुवेदी
_ahdYWUiHOj_0kpuibkcrbyv78wkwfnkiipckj3somx3czevxfpwbmnzir1wototrcqbfjyf_HaAc8XRC5c_gudok7tns3odonvx1f8ynxu8cpn8awpfdjspwmf8utqd4xv1fodo4swrtkgw.jpg)
मान्छेको बद्ला मान्छे मागेका होइनौं, न्याय मागेका हौं : अन्जनी कोइराला
_DqXWp28DBH_jm4kygurvbvjev3gsgadjlxdbxg1miq8uzc7uws7ufdyg7e6yw3gdhqeuycs_T1WzzqWrxK_praoymqcwvhgf8gbqxalymf6lebf1yqqpkxso46wqbtpzmbli0q7gi6igr5w.jpg)
परापूर्व कालदेखि नै नेपाल भूकम्पको उच्च जोखिममा छ : डा.लोकविजय अधिकारी

स्वस्थानीको महत्व नेपालमा जस्तो विश्वमा कहींपनि छैन् : पण्डित न्यौपाने
_wD371FVJdd_xo8fapwq45bovx4gvk1a0o0vbio7rgbrnjagohyedx56sll2naackqw6qnf6_h980G0YZRU_rwlvja2vdlk9stkotr05wy9me1rhbjzi7u3es1kctrxxhehitquuxand7bfp.jpg)
पृथ्वीनारायण शाहले औंला ठड्याएको चित्रको अर्थ के ?

पेले, संसारकै महान फुटबल खेलाडी : दिवस खपाङ्गी

प्रतिक्रिया