ट्राफिक प्रहरीकाे व्यवहार नम्र र शालिन हुनुपर्छ : आईजीपी खनाल

sarbendra khanal

   काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले राजधानीको ट्राफिक व्यवस्थापन देशभरिमै नमुना र अनुकरणीय हुनुपर्ने बताएका छन् । नेपाल पुलीस क्लव भृकुटीमण्डपमा आज उपत्यकाका ट्राफिक प्रहरीहरुलाई निर्देशन दिंदै आईजीपी खनालले जनताले प्रत्यक्ष रुपमा महसुस गर्नेगरी प्रहरीले सेवा दिनुपर्नेमा जोड दिए ।

 कसैसँग प्रहरीले हात थाप्नु अक्षम्य अपराध हुने बताउँदै आईजीपी खनालले हालै सरकारले दिन लागेको प्रोत्साहन भत्ताको सुविधाले ट्राफिक प्रहरीलाई काम गर्न थप उर्जा मिल्ने उल्लेख गरे ।

 ट्राफिक प्रहरीले गर्ने व्यवहार नम्र र शालिन हुनुपर्ने बताउँदै आईजीपी खनालले भने–‘हाम्रो सेवाले जनता मुस्कुराउँदै जाने वातावरण बन्नुपर्छ ।’

trafic

प्रतिक्रिया

सम्बन्धित