नेकपाको २२ वटा जनवर्गीय संगठनहरुको पनि एकीकरण, बरिष्ठ नेतादेखि पूर्व मन्त्रीसम्मलाई जिम्मेवारी

kp and prachanda

  काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एकीकरण गरेको एक वर्षपछि आफ्ना २२ वटा जनवर्गाीय संगठनहरुको पनि एकीकरण टुंग्याएको छ ।

पार्टी महासचिव विष्णु पौडेलले शुक्रबार बल्खुमा आयोजित कार्यक्रममार्फत् सार्वजनिक गरेको जनवर्गीय संगठनका संयोजक र सहसंयोजकको सूचीमा बरिष्ठ नेतादेखि पूर्वमन्त्रीसम्म रहेका छन् ।

पार्टी एकताको एक वर्ष तथा जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस मनाउन बल्खुमा शुक्रबार आयोजित कार्यक्रममा जनवर्गीय संगठनका संयोजक र सहसंयोजकको घोषणा गरिएको हो।

घोषित विवरणअनुसार अखिल नेपाल किसान महांघको संयोजकमा वामदेव गौतम र सहसंयोजकमा चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल राष्ट्रिय विद्यार्थी संगठनको संयोजक ऐन महर, सहसंयोजक रञ्जित तामाङ, युवा संघ नेपालको संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’, सहसंयोजक रमेश पौडेल रहेका छन्।

अखिल नेपाल महिला संघको संयोजकमा अमृता थापा र सहसंयोजकमा सीता पौडेल, ट्रेड युनियन महासंघ नेपालको संयोजक विनोद श्रेष्ठ र सहसंयोजकमा जगत सिम्खडा, प्रेस संगठन नेपालको संयोजकमा महेश्वर दाहाल र सहसंयोजक गणेश बस्नेत चयन भएको घोषणा भएको छ।

त्यसैगरी नेपाल बुद्धिजिवी संगठनका संयोजक डा। दिनेशचन्द्र देवकोटा, सहसंयोजकमा कृष्ण केसी, पेशागत महासंघ नेपालको संयोजकमा विश्वनाथ प्याकुरेल र सहसंयोजकमा दयाराम बस्याल, जनसांस्कृतिक महासङ्घ नेपालको संयोजकमा खगेन्द्र राई र सहसंयोजकमा सूर्य पौडेल (सरल सहयात्री) रहेका छन्।

त्यस्तै नेपाल मुस्लिम संगठनको संयोजकमा सिराज महम्मद फारुकी, सहसंयोजकमा अत्तहर हुसेन फारुकी, नेपाल दलित मुक्ति सङ्गठनको संयोजकमा तिलक परियार, सहसंयोजकमा ओमबहादुर विश्वकर्मा, आदिवासी जनजाति महासंघको संयोजक सुरेश आलेमगर र सहसंयोजकमा शेरबहादुर तामाङ, नेपाल अपाङ्ग सङ्गठनको संयोजकमा इन्द्रमाया गुरुङ, सहसंयोजकमा रामप्रसाद ढुंगाना, खेलकूद महासंघ नेपालको संयोजकमा पुरुषोत्तम पौडेल र सहसंयोजकमा शिव कोइराला रहेका छन।

त्यसैगरी उद्योग व्यवसायी महासंघको संयोजकमा लक्ष्मीदास मानन्धर र सहसंयोजकमा श्याम पाठक, प्रवासी नेपाली मञ्च (भारत) मा संयोजक लोकनाथ भण्डारी र सहसंयोजकमा ईश्वरी भण्डारी, नेपाल भूमिहीन सुकुम्वासी सङ्गठनको संयोजकमा रामप्रित पासवान र सहसंयोजकमा पदम देवकोटा रहेका छन् ।

त्यस्तै भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको संयोजकमा धनबहादुर चन्द र सहसंयोजकमा जीवन बुढा, मानवअधिकार तथा सामाजिक अभियान नेपालको संयोजकमा मीनबहादुर शाही र सहसंयोजकमा हुकुम पोखरेल रहेका छन।

नेपाल कानून व्यवसायी संगठन, नेपाल निर्माण व्यवसायी संगठन र नेपाल इञ्जिनीयर संगठनको यसअघि नै एकता सम्पन्न भइसकेको थियो।

प्रतिक्रिया

सम्बन्धित