अग्रता जाेगाउन नसक्दा नेपाल भारतसँग २–१ गोल अन्तरले पराजित

काठमाडौं : पहिलो हाफसम्म १ गोलले अग्रता लिएको नेपालले आफ्नो अग्रता जोगाउन नसक्दा यू–१५ साफ च्याम्पियनसीपको उपबिजेतामा सीमित भएको छ । फाइनलमा नेपाल भारतसँग २–१ गोल अन्तरले पराजित हुन पुग्यो । सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको फाइनलमा नेपालले पहिलो हाफमा पेनाल्टीमार्फत अग्रता बनाएको थियो । भारतीय डिफेण्डरले रञ्जन पुनलाई डिबक्सभित्र फल गरेपछि रेफ्रीले नेपाललाई पेनाल्टीको अवसर दिएका थिए । स्ट्राइकर ब्रिजेश चौधरीले पेनाल्टीलाई सदुपयोग गर्दै ४१औं मिनेटमा टोलीलाई अग्रता दिलाए । तर, त्यहि अग्रतालाई जागाउन नसक्दा र नेपालको डिफेन्स राम्रो नहुँदा नेपाल उपविजेतामा सिमित हुन पुगेको हो । पहिलो हाफमा भारतलाई दवावमा राखेको नेपालले सोही लय दोस्रो हाफमा कायम राख्न सकेन । कमजोर डिफेन्सका कारण नेपालले २ गोल खान पुग्यो । ५९औं मिनेटमा लालरोकिमाले सुन्दर गोल गर्दै खेल बराबरीमा ल्याए । ७५औं मिनेटमा भारतले पुनः गोल गर्दै अग्रता लियो ।भारतका बिक्रा प्रताप सिंहले उत्कृष्ट गोल गरेका थिए । नेपालले समूह चरणमा पनि भारतसँग २–१ कै पराजय व्यहोरेको थियो । सेमीफाइनलमा नेपालले बंगलादेशलाई ४–२ र भारतले भुटानलाई ३–० ले हराउँदै फाइनलमा पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित