आधा घण्टा फ्लाइट ढिलो हुँदा राजीनामा दिने मन्त्रीबाट केही सिक्ने कि ?

काठमाडौं । आफ्नो कारणले विमानको उडान ढिलो भएको भन्दै मन्त्रीले राजीनामा दिएको भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । तर, यथार्थमा यो साँच्चिकै भएको छ । मेक्सिकोका वातावरणमन्त्रीले आफ्नो कारणले विमानको उडान ढिलो भएपछि शनिबार राजीनामा दिएन् ।
मेक्सिकोका वातावरण तथा प्राकृतिक स्रोतमन्त्री जोसेफा गोन्जालेज ब्लान्को ओर्टिज मिनाले राष्ट्रपति आन्द्रेस म्यानुअल लोपेज ओबादरसमक्ष राजीनामा बुझाएकी हुन् ।
राष्ट्रपति कार्यालयमा बुझाएको राजीनामा मन्त्री गोन्जारेज ब्लान्कोले शुक्रबार यात्राका क्रममा आफ्नो कारणले विमानको उडान ढिलो भएको उल्लेख गरेकी छन् । मेक्सिकोको रुपान्तरणका लागि समता र न्यायलाई महत्व दिनुपर्ने उनले उल्लेख गरेकी छन् ।
‘कसैले पनि यस्तो सुविधा पाउनुहुन्न, एउटाको फाइदाका लागि धेरै मानिसलाई समस्यामा पार्नुहुन्न’ उनले भनेकी छन् ।
राष्ट्रपतिले ओबारले आफ्नो कारणले फ्लाइट डिले भएकोमा मन्त्रीले माफी मागेको उल्लेख गरेका छन् ।
‘उनले राजीनामा दिनुको कारणबारे मलाई इमान्दारीपूर्वक भनेकी छन्, मैले यसलाई (राजीनामा) स्वीकार गरेको छु’ उनले भने । मन्त्रीका कारण फ्लाइट आधा घण्टा डिले हुँदा यात्रु र सञ्चार माध्यमबाट आलोचना भएको थियो ।
तर, हाम्रो देश नेपालमा भने भ्रष्टाचारको आरोप लाग्दा समेत कुनै पनि मन्त्रीले राजीनामा लिने चलन छैन । केही समय अघि त बुद्ध एयरले सञ्चारमन्त्रीलाई नकुरेको भन्दै बुद्ध एयरकै आलोचना समेत भएको थियो ।
बैशाख २ गते सोमबार भैरहवाबाट काठमाडौं आउने उडानमा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटा छुटेको विषयमा बुद्ध एयरले विज्ञप्ति नै प्रकाशित गरी प्रष्टीकरण समेत दिएको थियो । त्यतिबेला बुद्ध एयरले ६८ जना यात्रु छोडेर मन्त्रीलाई कुर्न नसकिएको स्पष्ट पारेको थियो ।
विज्ञप्तिमा भनिएको थियो–‘वैशाख २ गते काठमाडौं–भैरहवाको उडान नंं ८५७, उडान समय ४ बजेको सट्टा काठमाडौं विमानस्थलको मर्मत र मौसमको खराबीको कारणले उक्त उडान बेलुका ७ बजे उडेको र अवतरण ७ बजेर ३२ मिनेटमा भएको थियो । काठमाडौंबाट उड्नेबित्तिकै हाम्रा भैरहवा विमानस्थलका कर्मचारीले त्यहाँको सुरक्षा निकायसँग समन्वय गर्दा मन्त्रीज्यू र उहाँको टोली सो उडानबाट नजाने र वैशाख ३ गते बिहानको उडानमा सिट व्यवस्था गरिदिन अनुरोध गर्नुभएको थियो।’
तर, मन्त्री बास्कोटाले भने २ गते नै भैरहवामा आयोजित कार्यक्रममा आफूलाई छोडेर बुद्ध एयर उडेको बताएका थिए।
रेडपाण्डा पदमार्ग : सस्तो प्याकेजमा रोमान्चक यात्रा
_cknSO4K7tt_bvmoaluri2jj9w1mvbzcbhqttfkiq9jcjav3oipktopx1whnmm0xqmssvx55_FA2cIcvBmk_yt2oxcwgpt7rl0okehfhuppzhxlvjo12dbsc2tfsexohdrkmlq2icyrsmpkv.png)
चैत २० गतेपछि देशभरका शिक्षकहरुले जनआन्दोलन गर्दैछन् :अध्यक्ष सुवेदी
_ahdYWUiHOj_0kpuibkcrbyv78wkwfnkiipckj3somx3czevxfpwbmnzir1wototrcqbfjyf_Q9gzTMCCfM_szacekinoqrr968ybftsktiy1zdb1rhbfsbsm4cjwtnw09xc0xmummzxjkgn.jpg)
मान्छेको बद्ला मान्छे मागेका होइनौं, न्याय मागेका हौं : अन्जनी कोइराला
_DqXWp28DBH_jm4kygurvbvjev3gsgadjlxdbxg1miq8uzc7uws7ufdyg7e6yw3gdhqeuycs_BczqMSd7t1_vjsomyxk0hbfx6wp0tygqfl7ed027clb9zor4lcyglqx1pn2zonxlsjqj9m2.jpg)
परापूर्व कालदेखि नै नेपाल भूकम्पको उच्च जोखिममा छ : डा.लोकविजय अधिकारी

स्वस्थानीको महत्व नेपालमा जस्तो विश्वमा कहींपनि छैन् : पण्डित न्यौपाने
_wD371FVJdd_xo8fapwq45bovx4gvk1a0o0vbio7rgbrnjagohyedx56sll2naackqw6qnf6_Te7NLGHgZr_tc6ywxing2uyfl7ogoso0gcbfoatgyc9erstu3ll3hgagbgtgvdd4jg5brke.jpg)
पृथ्वीनारायण शाहले औंला ठड्याएको चित्रको अर्थ के ?

पेले, संसारकै महान फुटबल खेलाडी : दिवस खपाङ्गी

प्रतिक्रिया