विप्लव समूहलाई नियन्त्रण गर्न आवश्यक छ : गृहमन्त्री थापा

badal

   काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘वादल’ ले सरकारले नेत्रविक्रम चन्द विप्लव समूहलाई नियन्त्रण गर्ने र वार्तामा ल्याउने प्रयास अघि बढाएको जानकारी गराएका छन् ।

सोमबार संसदमा बोल्दै गृहमन्त्री थापाले विप्लव समूहलाई मुलधारमा ल्याउन र नियन्त्रण गर्न सरकार प्रतिवद्ध भएको बताएका हुन् ।

आइतबार काठमाडौंमा भएको श्रृखलावद्ध बम विस्फोटनका घटनाबारे संसदलाई जानकारी दिँदै गृहमन्त्री थापाले भने–‘नेकपा विप्लव समूहले जनसरकार गठन गर्नुका साथै जनसेना बनाएको सरकारलाई सूचना आएको छ । उपत्यकालाई निशानामा पारेको विप्लव समूहलाई मुल धारमा ल्याउन र अपराधिक गतिविधि नियन्त्रण गर्न राज्य प्रतिवद्ध छ ।’

संसदमा बोल्दै गृहमन्थी थापाले भने–‘उनीहरुले जनसरकारको रुपमा जनपरिषद् गठन गरेका छन् । जनसेनाको रुपमा चार कम्पनी निर्माण गरेका छन् । र, यो सबै गतिविधिको नेतृत्व गर्न नेकपा नामको पार्टी गठन गरेका छन् ।’


विप्लव समूहको नेपाल बन्द जनस्तरबाटै बहिस्कार भएको भन्दै उनले अपराधिलाई कानुनको कठघरामा ल्याउन कुनै कसर नराखिने उनले बताए।

आइतबारको घटनामा उपत्यकामा ४ जनाको मृत्य भन्दै उनले मृत्यु हुनेमा आम नागरिक नभएर विप्लवकै कार्यकर्ताको भएको बताए।

प्रतिक्रिया

सम्बन्धित