प्रचण्डको भरोसा र गोप्य भनिएको पाँच बुँदे सहमति

oli and prachanda

   काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अहिले भारतमा छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालका लागि आयोजना गरिएको शपथ ग्रहणमा सहभागी हुन ओली भारत पुगेका हुन् ।

आज प्रधानमन्त्री मोदीसँग भेट गरेर ओली नेपाल फर्कदै छन् । तर, उनी भारतमा रहेका बेला यता भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीको कार्यकालका विषयमा समाचारहरु प्रकाशित भइरहेका छन् ।

बुधबार बेलुका नेकपाका अध्यक्ष दाहालले पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा ‘ओलीले साढे दुई वर्षपछि प्रधानमन्त्री छाड्नु हुन्न भन्ने कल्पना गर्न चाहन्नँ’ भन्ने अभिव्यक्ति दिएपछि प्रधामन्त्रीको कार्यकाललाई जोडर विभिन्न सञ्चारमाध्यमहरुले समाचार बनाए ।

त्यसमाथि पनि तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुँदा ओली र दाहालबीच भएको भनिएको गोप्य पाँच बुँदे सहमति यतिबेला नै सार्वजनिक भएपछि यसले झन चर्चा पाएको छ ।

सहमति पत्रको चौथो बुँदामा ‘समानता र समान अवधिका आधारमा आवश्यकता अनुसार दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ उल्लेख छ।

सहमति पत्रमा नेकपा एकता घोषणा हुनु अघिल्लो दिन २०७५ जेठ २ गतेको मिति छ। सहमति पत्रमा नेकपाका हालका महासचिव विष्णु पौडेल र नेकपा स्थायी समिति सदस्य जनार्दन शर्माले पनि हस्ताक्षर गरेका छन्।

यस्तो छ गोप्य भनिएको पाँच बुँदे सहमति

5 bunde sahamati

प्रतिक्रिया

सम्बन्धित