एकै पटक एक सय डिएसपीको सरुवा, निलम्बनमा परेका जिसी सुदूरपश्चिम र ढुंगेल हेटौंडा

Nepal-Police-Headquarter

  काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकै पटक १०० जना प्रहरी नायब उपरीक्षक (डिएसपी) हरुको सरुवा गरेको छ । प्रहरी मुख्यालयले शुक्रबार जेठ महिनादेखिकाे तलब भत्तासमेत हाल सरूवा भएकाे दरबन्दीबाट खान पाउने गरी सरूवा निकालेकाे हाे ।

प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरोका (सिआईबी) का निलम्बित डिएसपी अंगुर जिसीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल पठाइएको छ भने इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कुमुद ढुंगेललाई शसस्त्र प्रहरी गण मुख्यालय हेटौंडा सरुवा गरेको छ ।

जिसीलाई निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानमा लापरवाही गरेको भन्दै निलम्बन गरिएको थियो । त्यस्तै ढुंगेलमाथि भने डकैती गरेको अभियोगमा थुनामा रहेका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका मुख्य योजनाकार गुण्डा नाइके समिरमानसिंह बस्नेतका सहयोगीसँग नियमीत कुराकानी गरेको आरोप लागेको छ ।

गत चैत २६ गते रानीबारीमा लालेन्द्र शेरचन्दको घरमा भएको डकैत घटनामा पक्राउ परेका अभियुक्त विक्रम श्रेष्ठ र डिएसपी ढुंगेलबीच फोन र एसएमएस आदान प्रदान भएको खुलेको थियो। श्रेष्ठ र ढुंगेलबीच महाराजगञ्जस्थित भेनस रेष्टुरेन्टमा भेट भएको समेत अनुसन्धानका क्रममा खुलेको थियो। श्रेष्ठ बस्नेत नजिक मानिन्छन् ।

यस्तो छ सरुवा सूची

https://nepalpolice.gov.np/images/documents/updates/saruwa-dsp-janapad-2076-02-17.pdf

प्रतिक्रिया

सम्बन्धित