वातावरण दिवसको तिव्र तयारीमा जुट्दै हनुमन्ते नदि सफाई अभियान
भक्तपुर। जिल्लाको संस्कृति र सभ्यतासँग जोडिएको हनुमन्ते नदिलाई स्वच्छ, सफा र हराभरा बनाउने उद्देश्यका साथ शुरुवात गरिएको हनुमन्ते नदि सफाई अभियानले ४६ औ विश्व वातावरण दिवसको अवसर पारेर जेष्ठ २२ गते बुधवार (जुन ५,२०१९) का दिन भक्तपुर जिल्लामा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ ।
कार्यक्रम सम्पन्न गर्नको लागि अभियान्ता मधु ढुङ्गेलको संयोजकत्वमा २४ विश्व वातावरण दिवस मूल तयारी समिति गठन भएको छ । कार्यक्रमको प्रमुख अतिथिमा खानेपानी मन्त्री विना मगरलाई निम्त्याइएको छ ।
समितिमा अमित उपाध्याय, मदन घिमिरे, सुन्दर विष्ट, नरेश रन्जित, विरेन चौलागाई, भागीरथा सिटौला, जयराज पौडेल, गोविन्द आचार्य, गणेश दहाल, राज्यलक्ष्मी श्रेष्ठ, पहलमान श्रेष्ठ, राजु कुटु र मोहन पौडेल रहेका छन् ।
त्यसैगरी समितिमा रन्जु नापित, जयन्ती महत, जानुका भट्टाराई, चन्द्रकृष्ण श्रेष्ठ, जानुका भट्टाराई, रगिता वस्नेत, सुवास कुवर, अशोक ठाकुर, शारदा पन्त, नबराज काफ्लेसहित २४ सदस्य रहेका छन् ।
कार्यक्रम भव्य र सभ्य बनाउन सो समिति क्रियाशिलता साथ जुटिरहेको छ । ‘स्वच्छ वायु, स्वस्थ जीवन’ भन्ने मूल नाराका साथ जेष्ठ २२ गते विहान ठीक ७ बजे सूर्यविनायक चोकमा जम्मा भई वातावरणीय दिवसका प्लेकार्ड प्रर्दशनी गर्दै ¥यालीका साथ सूर्यविनायक गणेश मन्दिर तर्फ लाग्ने तयारी गरिएको अभियान संयोजक एवं सुर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले बताए ।
त्यसैगरि गणेश मन्दिरको बगलमा वृक्षारोपण एवं पार्क शिलान्यास गरिने कार्यक्रम रहेको प्रतिनिधिसभा सदस्य महेश वस्नेतले जानाकारी गराए ।
हनुमन्ते नदि सफाई अभियानको नियमित ६६औं हप्ताको सफाई कार्यक्रम पनि दिवसीय कार्यक्रमसँगै सूर्यविनायक चोक देखि सूर्यविनायक गणेश मन्दिर सम्मको सडक मार्ग र मन्दिर परिसरमा सफाई गर्ने गरि कार्यक्रम तय गरिएको वातावरण मूल तयारी समितिका संयोजक मधु ढुङ्गेलले जानकारी गराए ।
त्यसैगरि सूर्यविनायक नगरपालिका वडा नं ८ का अध्यक्ष किरण थापाले विश्व वातावरण दिवस कार्यक्रम सुर्यविनायक नगरपालिका भित्र आफ्नै वडाको बगलमा हुन लागेकोमा खुशी व्यक्त गर्दै सो कार्यक्रमको लागि वडा एवं व्यक्तिगत तवरले पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
वातावरण दिवस कार्यक्रमको लागि अभियान्ता मदन घिमिरे एवं अमित उपाध्यायको समन्वयमा वातारण विभाग, वनपरिसर बबरमहलबाट ५००÷५०० थान टोपी र भेष्ट अभियानलाई उपलब्ध गराउने भएको छ ।
वातावरण दिवस कार्यक्रममा प्रत्यक्ष संलग्न रहि कार्यक्रमलाई सफल बनाउन स्थानीयबासी, सरोकारवाला निकाय, शैक्षिक संस्था, नेपाली सेना, नेपाल प्रहरी, विभिन्न संघ संस्थालगायतलाई आग्रह गर्दै आभियान्त नरेश रञ्जितले कार्यक्रमलाई सफल बनाउन आफूहरु क्रियाशिल भएर लागेको बताए ।
प्रतिक्रिया