लोकसेवाको भर्ना तत्काल रोक्नुपर्छ : जनार्दन शर्मा

janardhan sharma

  काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद जनार्दन शर्माले केही दिन अघि लोकसेवा आयोगले गरेको विज्ञापन संविधानविपरीत भएको बताउँदै यसलाई तत्काल रोक्न माग गरेका छन् ।

स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले १५ गते बुधबार विज्ञापन प्रकाशित गरेको थियो । राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबार बसेको बैठकमा बोल्दै सांसद शर्माले विज्ञापन स्थगित गर्न समितिले निर्देशन दिनुपर्ने माग राखेका हुन् ।

उनले भने–‘लोक सेवा आयोगको विज्ञापनले संविधान मिचेको मात्र होइन संविधानमाथि नै प्रहार भएको छ । यसो भन्दा निर्णय गर्नेहरुलाई चित्त दुख्ला तर, विषय दुख्ने र नदुख्ने होइन ।’

‘संवैधानिक आयोगकै विरोधमा आन्दोलन हुन थालेको बताउँद उनले भने–‘ यही हो संवैधानिक अराजकता । यसले राष्ट्रलाई स्वतः संकटमा पर्छ ।’

काम गर्न समस्या परेको भए ओएनएम गरेर वा करारमा कर्मचारी राखेर तत्कालका लागि समस्या सुल्झाउन माग गर्दै उनले भने–‘ यो संविधान विरोधी हुने भएकाले कर्मचारी भर्ना प्रक्रिया रोक्नै पर्छ ।’

प्रतिक्रिया

सम्बन्धित