माइतीघर दमन प्रकरण : कांग्रेसद्वारा संसद अवरुद्ध, आजको बैठक स्थगित

samsad

  काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबार गुठी विधेयकको विरोधमा माइतीघरमण्डलमा भएको शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीले दमन गरेको भन्दै गृहमन्त्री रामबहादुर थापा ‘वादल’ को जवाफ माग गर्दै संसद अवरुद्ध गरेपछि आजको वैटक नै स्थगित भएको छ ।

कांग्रेसको अवरोधका कारण सोमबार मध्यान्ह १२ बजेर ५ मा १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी मंगलबार बिहान ११ बजे बोलाइएको हो ।

कांग्रेसको अवरोधपछि सभामुख कृष्णबहादुर महराले १५ मिनेटका लागि बैठक अवरुद्ध गरेका थिए। निर्धारित समयमा गृहमन्त्री जवाफ दिन आउन नसक्ने भएपछि मंगलबारसम्मका लागि बैठक स्थगन गरिएको जनाइएको छ ।

आजको बैठकमा विनियोजन विधेयक, २०७६ अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, सञ्चार तथा सूचना प्रविधि र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने कार्यसूची थियो ।

कांग्रेसले गृहमन्त्री थापाले संसदमा संविधान विपरित गुठी विधेयक किन ल्याएको र शान्तिपूर्ण दमनमा किन हस्तक्षेप गरेको भन्ने प्रश्नको जवाफ दिनुपर्ने माग गरेको छ ।

गुठीलाई समाप्त गर्ने उद्देश्यले विधेयक ल्याएको भन्दै कांग्रेसले शान्तिपूर्ण भेला हुने, विरोध जनाउने अधिकार सरकारले कुण्ठित गर्न खोजेको आरोप लगाएको छ। माइतीघर दमन प्रकरण : कांग्रेसद्वारा संसद अवरुद्ध, आजको बैठक स्थगित
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबार गुठी विधेयकको विरोधमा माइतीघरमण्डलमा भएको शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीले दमन गरेको भन्दै गृहमन्त्री रामबहादुर थापा ‘वादल’ को जवाफ माग गर्दै संसद अवरुद्ध गरेपछि आजको वैटक नै स्थगित भएको छ ।

कांग्रेसको अवरोधका कारण सोमबार मध्यान्ह १२ बजेर ५ मा १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी मंगलबार बिहान ११ बजे बोलाइएको हो ।

कांग्रेसको अवरोधपछि सभामुख कृष्णबहादुर महराले १५ मिनेटका लागि बैठक अवरुद्ध गरेका थिए। निर्धारित समयमा गृहमन्त्री जवाफ दिन आउन नसक्ने भएपछि मंगलबारसम्मका लागि बैठक स्थगन गरिएको जनाइएको छ ।

आजको बैठकमा विनियोजन विधेयक, २०७६ अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, सञ्चार तथा सूचना प्रविधि र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने कार्यसूची थियो ।

कांग्रेसले गृहमन्त्री थापाले संसदमा संविधान विपरित गुठी विधेयक किन ल्याएको र शान्तिपूर्ण दमनमा किन हस्तक्षेप गरेको भन्ने प्रश्नको जवाफ दिनुपर्ने माग गरेको छ ।

गुठीलाई समाप्त गर्ने उद्देश्यले विधेयक ल्याएको भन्दै कांग्रेसले शान्तिपूर्ण भेला हुने, विरोध जनाउने अधिकार सरकारले कुण्ठित गर्न खोजेको आरोप लगाएको छ।

 प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी मंगलबार बिहान ११ बजे बोलाइएको छ । 

प्रतिक्रिया

सम्बन्धित