जंगलमा लगेर १३ वर्षिय किशोरीलाई बलात्कार गरेको आरोपमा ३ पक्राउ
काठमाडौं । कैलाली प्रहरीले १३ वर्षीया किशोरी जबजस्ती करणी गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी कनरी, कैलालीमा किशोरीलाई फकाएर जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ त्यहाँबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले मोटरसाइकलसहित उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१५ उर्माका २५ वर्षीय कुट्टु चौधरी, २३ वर्षीय विजय चौधरी र वडा नम्बर ७ मनेहराका २५ वर्षीय झगरु चौधरी छन् ।
पक्राउ परेका ३ जनामाथि किशोरीलाई हातखुट्टा समातेर पालैपालो करणी गरेको र कसैलाई भनेमा हत्या गर्ने धम्की दिएको किटानी जाहेरी परिवारले प्रहरीकोमा दिएका छन् । प्रहरीका अनुसार पक्राउ परेका तीनै जनामाथि अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया