यसकारण असफलता र बदनामीतर्फ उन्मुख हुँदैछन् गृहमन्त्री

राधाकृष्ण देउजा /

काठमाडौं ।लामो समयको प्रतिक्षा र बढुवामा भएको ढिलाइले गर्दा कतिपय राम्रा अधिकृतहरुको जागिरनै सकिएपछि प्रहरीमा क्रमश बढुवाहरु निस्किए बढुवा भएर नया दर्जाको फुली लगाएर आवश्यकता र अपेक्षा भन्दा लामो समयसम्म पदस्थापन नहुनुको पीडाको विचमा रहन बढुवा पाएकाहरु बाध्य भए अनि पिडा मिश्रित प्रतिक्षा पश्चात पदस्थापन पनि निस्कियो   लामो समय देखि हुन नसकेका सरुवाहरु पनि क्रमश निस्किरहेको छ । केवल भएका कामहरुलाइ मात्रै हेर्ने हो भने प्रहरी संगठन संचालनमा सुचारुपन आएको अर्थ लगाउन पनि सकिएला तर यो भएका बढुवा, सरुवा र पदस्थापनको सुक्ष्म विश्लेषण गर्ने हो भने चाहिं प्रहरीमा राजनीतिक हस्तक्षेप बलियो हुँदै गएको र सवै भन्दा बलियो र शसक्त रहनु पर्ने प्रहरी संगठन कम्जोर हुँदै गएको छ । उर्जामन्त्रालयमा रहँदा लोडसेडिंग घटाउने लगायतका कामहरु गरेर जनतामा सकारात्मक छाप पार्न सफल जनार्दन शर्मा गृहमन्त्री भएपछी तमाम जनतामा सुरक्षाको अभिन्न अंग रहेको प्रहरी लगायतका संस्थाहरु थप व्यवस्थित र व्यवसायिक भै सुरक्षा अवस्था झनै विश्वसनीय र प्रभावकारी हुने विश्वास पलाएको थियो।  सत्ता गठबन्धन दलका ठुला भनिएका नेताहरुबाट आइजीपी बढुवाका समयमा प्रदर्शित नौटंकीले गर्दा अन्योलग्रस्त जस्तो भएको प्रहरी संगठनलाइ विवादमुक्त बनाउदै न्यायिक लडाईलाइ आफ्नो हिसावले चल्न दिंदै संगठनको हितको निम्ती न्यायिक दृष्टिकोणले पक्ष विपक्ष देखिएका अधिकृतहरुलाई समेत संगठनको हितमा परिचालित गर्न गृहमन्त्री अग्रसर होलान भन्ने अनुमान सवैले गरेका थिए । यद्धपि जनअपेक्षा अनुसारको भुमिका गृहमन्त्रीले निर्वाह गरेको देखिएन। उनले सकेनन, चाहेनन, जानेनन वा उनलाइ त्यसरी चल्न दिइएन त्यो त उनलाई नै थाहा होला ।  तर परिणाममा भन्दा गृहमन्त्रीको रुपमा जनार्दन शर्माको कार्यकाल असफलता र बदनामी उन्मुख छ भन्दा अन्यथा हुनेछैन र त्यसो हुनुको पछाडी निम्न कारणहरु छन :

१. गृहमन्त्री हुनासाथ जनार्दन शर्माले चेन अफ कमाण्डको पक्षधर रहेको दावी मात्रै गरेनन उनले चेन अफ कमाण्ड तोडनेलाइ कारवाही नै गर्ने घोषणा गरे,त्यसको केहि दिन नबित्दै निर्वाचनको दौरानमा बम समातेर फ्याल्ने वहादुर हवल्दारलाइ असईको फुली बक्स दिने काम गरे , त्यो काम अत्यन्त राम्रो थियो तर उनको चेन अफ कमाण्डको दावीसंग भने बिल्कुल मिल्दो थिएन किनकि हवल्दारको बढुवा गर्ने जिम्मेवारी चेन अफ कमाण्डले उनको दाइत्व भित्र पर्ने विषय थिएन ।

उनले त्यस्ता वहादुरहरुको तत्काल बढुवा गर्ने नीति बनाइदिएको भए जो भए उनि त भैहाल्थे अरु पनि हुने बाटो खुल्थ्यो। त्यति मात्रै हैन उनि सडकमा उत्कृष्ट ट्राफिक व्यवस्थापन गरिरहेका ट्राफिक इन्स्पेक्टरसंग गाडी रोकेर हात मिलाउंदै निज इन्स्पेक्टरलाइ केहि समस्या पर्दा आफुसंग सिधै सम्पर्क गर्न अर्हाएर पनि चर्चामा आए , उनको त्यो काम पनि चेन अफ कमान्डको गफको वार्खिलाफ थियो। समग्रमा भन्नु पर्दा उनि चेन अफ कमान्डको गफ दिंदै आफैं त्यसको प्रतिकुल व्यवहार गर्दै थिए र छन जसले उनको उचाइ बढाएको छैन घटाएको छ ।

२. शक्ति केन्द्रको निकट रहेका वा उनीहरुलाई खुसि पार्नको निम्ती अनावश्यक रुपमा एआइजीको दरवन्दी थप गर्ने काम गरेर पनि जनार्दन शर्माले आफु प्रतिको जनसमर्थनलाइ कम्जोर बनाएका थिए झन रिक्त दरवन्दीमा बढुवा गर्दा योग्यता , क्षमता , वरिष्ठता, लगनशीलतालाइ व्यवास्ता गर्दै टिठ लाग्दो ढङ्गले शक्ती केन्द्रको इच्छा चाहनालाइ सकार पारेर त उनीबाट जनताले अपेक्षा गर्नु नै गल्ती थियो कि जस्तो बनाइदिए । कतिसम्म भने आइजीपी बढुवाको दौरान स्वयँ सरकारले आइजीपी बन्ने प्रतिस्पर्धामा दोश्रो र आइजीपी छनोट पश्चात बाँकी रहेका डिआइजीहरु मध्य पहिलो ठहर गरेको नवराज सिलवाललाइ समेत बढुवा दिइएन जसले आफु मातहत निकायको आवश्यकता हैन आफुलाई मन्त्री बनाउनेहरुको दमित इच्छा गृहमन्त्रीको प्रथामिकतामा परेको प्रष्ट हुन्छ ।

३.एआइजी बढुवामा मात्रै हैन अन्य सबै तहका बढुवाहरुमा पनि थुप्रै कर्मजिवीहरुले सम्मानित महसुस गर्न सकेनन िकेहि पदहरुको बढुवामा अग्रस्थानमा इमान्दार, कार्यसम्पादनमा अव्वल र जनतामा लोकप्रियहरुको नाम देख्ने सौभाग्य त जनताले पाए तर समग्रतामा भन्दा कामले जनताका प्रिय भएकाहरु भन्दा चाकरिले हाकिम वा अन्य कोहि ठुला-बडाको आशिर्वाद पाउनेहरु अगाडी रहने अवस्था बनेको देख्नु पर्यो ।

४. प्रहरीमा अक्सर बढुवा हुनासाथ पदस्थापन गर्ने चलन छ तर यस पटक त्यो पनि अत्यन्त ढिला गरेर मात्रै हुनसक्यो त्यो पनि आफ्ना वा आफुलाई खुसि पार्नेहरुलाइ राम्रो ठाउँ दिलाउनको निम्ती िपदस्थापन हुने कहिले थियो कहिले तर फलानो अधिकृत फलानो स्थानमा जान्छ भन्ने समाचारहरु बाहिर आइसकेका हुन्थे , समाचारमा को काहाँ कुन ठालुको आशिर्वादमा जान्छ भन्ने समेत खुलाएर लेखिएको हुन्थ्यो । कथित आकर्षक स्थानमा जाने सम्भावित भनिएकाहरु मध्यका धेरैसंग जाने भनिएको स्थानको सुरक्षा चुनौतीसंग डटने क्षमता पनि थियो भन्ने अवस्था त थिएन तर उनीहरुसंग आफुलाई हुदैन भन्नेसंग डटन आवश्यक शक्ती पक्कै थियो सायद त्यसैले चर्चामा आएका शक्तीका पुजारीहरु मध्य धेरै आफुले चाहेकै स्थानमा सरुवा वा पदस्थापन भएको देखियो। यसो भैरहँदा इन्चार्ज बाट इन्चार्ज नदिने लगायतका थुप्रै प्रहरीका स्थापित असल नीतिहरुको उल्लङ्घन गरियो। त्यति मात्रै हैन प्रहरी प्रधान कार्यलय र प्रहरी प्रमुखको मूल्यांकनको कुनै मतलब हुदैन भन्ने संदेश समेत प्रवाहित गरियो जसले प्रहरीमा अनुशासन हैन अराजकतालाइ बढुवा दिन्छ ।

५. बढुवाको सन्दर्भमा त कतिसम्म खेलाँची भयो भने वलात्कार जस्तो संवेदनशील मुद्दामा अपराधीलाइ साथ दिएको भनिएका एकजना डिएसपी सिफारिसमा परको विषयमा संवेदनशील रहेको जनाउ दिन गृहमन्त्रीले बढुवा स्थगित गर्न आदेश त दिए तर त्यसो गर्दा त्यसको वैधानिकताको निम्ती आवश्यक कानुनी पाटोमा ध्यान नदीनाले गर्दा अदालतले उक्त कोशिसमा रोक लगायो। परिणाम के भयो भने महिलामाथि भएको जघन्य अपराधमा संलग्नलाइ सहयोग गर्नेले बढुवा पाएरै छोडे हुँदा-हुँदा निज अधिकृतको पदस्थापन समेत भैसकेको छ ।

६. बढुवा मात्रै हैन पदस्थापन पनि अपेक्षा भन्दा निक्कै फरक ढङ्गले तय भयो भन्दा गलत हुनेछैन। सवै भन्दा पहिला संघीय प्रहरी ऐन पास हुनु अगावै प्रदेश प्रहरी कार्यालय भन्दै त्यसका प्रमुखको रुपमा एआइजीहरु खटाउने काम गरियो। ऐन, कानुन, नियमवालीमा विद्धमान नरहेको प्रदेश प्रहरी कार्यालय प्रमुख भन्दै एआइजी खटाउने कामलाई बढुवाको दौरान आफु वा आफ्ना मुखियाहरुको आशिर्वाद कामाउन वा खरिद गर्न सफल भएकाहरुको इच्छापूर्ति गर्ने भन्दा अन्यथा अर्थमा बुझ्ने कोहि पनि छैनन भन्दा त्यो दावी हैन तथ्य हुने अवस्था छ । हचुवाको भरमा प्रादेशिक सरुवा निकाल्ने गृहमन्त्रीको कदमले प्रहरी संगठनलाइ लामो समयसम्म नकारात्मक प्रभाव पारिराहने पक्का छ ।

७. प्रहरीको सरुवा र पदस्थापनको दौरान देखिएको अर्को टिठ लाग्दो कुरो के पनि हो भने लोकमानसिंह कार्की नेतृत्वको अख्तियार अनुसन्धान आयोगले अनावश्यक रुपमा प्रहरीको दरवन्दी सृजना गरेर प्रहरीको ठुलो जनशक्तिलाइ अर्थहीन ढङ्गले अख्तियारमा थुपारेको भनिदै आएकोमा अहिले पनि अख्तियारमा प्रहरी दरवन्दी घटाउने काम नगरी भएको दरवन्दीमा प्रहरीका राम्रा-राम्रा अधिकृतहरु खटाउने काम भएको छ। लोकमानले प्रहरीको दुरुपयोग गरेका थिए भने अख्तियारमा के कति प्रहरी चाहिने हो भन्ने बारेमा नया र वस्तुनिष्ठ मुल्यांकन गर्नु पर्दैन थियो रु के यस विषयमा गृहमन्त्रीले ध्यान दिनु पर्दैन थियो। अवश्य पर्थ्यो तर ध्यान दिएको बिल्कुल देखिएन ।

 अरु थुप्रै कुराहरु पनि छन जसले जनार्दन शर्माको गृह मन्त्रित्वलाइ असफलता र बदनामी तर्फ डोहोर्याएका छन । जनार्दन शर्मा बदनामित वा असफल हुनुले त केहि फरक पार्दैन थियो । तर जव उनको असफलता वा गलत कदमले प्रहरी संगठन कम्जोर, अन्योल र अस्थिर बन्न पुग्छ तव मुलुकले मुल्य चुकाउनु पर्छ जुन सह्य र पाच्य हुनुहुदैन।

प्रतिक्रिया

सम्बन्धित