विश्वकप क्रिकेट : अविजित भारतको सामना गर्दै वेष्ट इन्डिज
काठमाडौं । इंग्ल्यान्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज क्यारेबियन टोली वेष्ट इन्डिजले अविजित भारतको सामना गर्दैछ ।
म्यान्चेस्टरस्थित ओल्ड ट्रार्फोडमा नेपाली समय अनुसार ३ः१५ बजे शुरु हुने खेलमा विश्वकपको उपाधि दाबेदार टोली भारतसामू इन्डिजको परीक्षाका रुपमा हेरिएको छ ।
भारतले यसअघि खेलेका ५ खेलमा ४ जीत र एक खेल बर्षाका कारणले प्रभावित हुँदा बराबरी खेल्दै ९ अंक जोडेको छ भने ६ खेलमा १ जीत र ४ खेलमा हार व्येहोरेको वेष्ट इन्डिजले एक खेलमा वर्षाले खेल प्रभावित भएपछि अंक बाड्दा ३ अंकमात्रै जोड्न सकेको छ ।
तुलनात्मक रुपमा भारत वेष्ट इन्डिजभन्दा हरेक कुरामा बलियो देखिएको छ । वेष्ट इन्डिज टिममा स्टार खेलाडी भए पनि चल्न सकिरहेको छैन ।
भारत टिम
विराट कोहली (कप्तान), रोहित शर्मा, युजभिन्द्र चाहाल, मेहन्द्रसिंह धोनी, केदार जाधव, कुलदीप यादव, मोहम्मद शामी, केएल राहुल, जस्प्रित बुमराह, रिषभ पन्त, रवीन्द्र जडेजा, दिनेश कार्थिक, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, विजय शंकर ।
वेष्ट इन्डिज टिम
ज्यासन होल्डर (कप्तान), क्रिस गेल, कार्लोस ब्राथवोएट, शाइ होप, ड्यारेन ब्राभो, शिमरन हिटम्यर, इभिन लेविस, निकोलस पुरन, सुनील एमबरिस, शेलडन कोटरेल, एश्ले नर्स, किमार रोच, ओशेन थोमस, फावियन एलेन र स्यानन गाब्रियल ।
प्रतिक्रिया