माइक्रोसँग माइक्रो ठोक्किँदा २ जनाको मृत्यु, ३० जना घाइेते, ६ जनाको गम्भीर
काठमाडौं । धादिङको बेनिघाटमा आइतबार बिहान भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भिर रहेको धादिङ प्रहरीले जनाएको छ ।
बस र दुईवटा माइक्रोबस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
महादेवस्थान–८ का २७ वर्षीय श्यामकुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो भने नाम नखुलेकी एक युवतीको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
घाइते १८ जनालाई उपचारका लागि काठमाडौं रेफर गरिएको छ भने ७ जनाको गजुरी अस्पतालमा र २ जनाको चरौदी अस्पतालमा उपचार भइरहेको छ।
तीनजना सामान्य उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको लु१ख ९०७९ नम्बरको बस र चितवनबाट काठमाडौं आउँदै गरेको बा३ख १००४ र बा २ ख ४५६७ नम्बरको माइक्रो धादिङको रोराङ गाउँपालिका–७, कृष्णभीर भन्ने ठाउँमा एकआपसमा ठोक्किएको धादिङ प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार माइक्रोबसले बसलाई ओभरटेक गर्न खोज्दा विपरीत दिशाबाट आइरहेको अर्को माइक्रो बससँग ठोक्किँदा दुर्घटना भएको हो । बा ३ ख १००४ नम्बरका माइक्रो बस चालकलाई जोगिमारा प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया