परपुरुषसँगको सम्बन्ध लुकाउन १२ लाख दिएर आमाको हत्या गराउने छोरीसहित चार जना पक्राउ

sabitri

  काठमाडौं । आइतबार दिउसो भक्तपुरको चाँगुनारायण नगरपालिका–७ वाँसवारीस्थित ईश्‍वरी भट्टाराईको घरको सावित्री भट्टराईको धारिलो हतियारले घाँटी रेटी हत्या भयो ।

हत्या भएको केही समय पछि नै प्रहरीले जानकारी पायो । जानकारी पाए लगत्तै अपराध महाशाखाले घटनाको छानविन शुरु गर्यो । प्रहरीको अनुसन्धानमा आफ्नै आमा सावित्रीलाई मार्न छोरी ईश्वरी भट्टराईले भारतबाट ‘कन्ट्य्रक्ट किलर’ झिकाएको खुलेको छ ।

ईन्द्रावती गाउँपालिका–५, सिन्धुपाल्चोककी सावित्री आफ्नै छोरीको घरमा बस्दै आएकी थिइन् । परपुरुषसँग आफ्नो सम्बन्ध रहेको बारेमा आमाले थाहा पाउने डरले ईश्वरीले नै आमाको हत्या गराउन प्रेमीको सहयोगमा भारतबाट ‘कन्ट्य्रक्ट किलर’ झिकाएको खुलेको महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताए ।

थापाका अनुसार आमाबाट कुरा बाहिर आउँछ भन्ने डरले आफ्नै प्रेमीसँग सल्लाह गरेर भाडामा दुई जना व्यक्तिलाई प्रयोग गरेको देखिन्छ । ईश्वरी पुरानो ठिमीका मोहम्मद नौसादसँग सम्बन्धमा थिइन् ।

महाशाखा प्रमुख एसएसपी थापाका अनुसार ईश्वरीले प्रेमीसँग मिलेर आमाको हत्या गर्न भारतीय ‘कन्ट्य्राक्ट किलर’ (भाडाका अपराधी) झिकाएकी हुन् ।

एसएसपी थापा भन्नछन्–‘ईश्वरी भट्टराईले आफ्नो प्रेमी मोहम्मद नौसादसँग सल्लाह गरी आमालाई मार्न १२ लाखको सुपारी दिने सहमती भएपछी मोहम्मद नौसाद र अर्जुन कुमार भन्ने भोला कुमारले सल्लाह गरि भारतबाट मोहम्मद रहिशलाई नेपाल बोलाई हत्या गरेको देखिन्छ ।’

पक्राउ पर्नेमा ईन्द्रावती गाउँपालिका–५ सिन्धुपाल्चोक स्थायी घर भई हाल चाँगुनारायण नपा–७ वाँसवारी बस्ने मृतककी छोरी वर्ष २७ की ईश्वरी भट्टराई, कल्याणपुरनपा–४ सिराह घर भई भक्तपुर पुरानो ठिमी बस्ने वर्ष २३ का मोहम्मद नौसाद (ईश्वरी भट्टराईको प्रेमी), भारत जनक भगत, ईडी–३५ नई अशोक नगर, बसुंधारा ऐंक्लेव, पुर्वी दिल्ली, छाप्रा पानापुर थाना,दुभौली पञ्चायतका २४ वर्षिया अर्जुन कुमार भन्ने भोला कुमार, भारत, मधुमनी जिल्ला रजौरी थाना, दुभौली पञ्चायतका २४ वर्षिया मोहम्मद रहिश रहेका छन् ।

पक्राउ परेकामाथि ज्यान मुद्दामा म्याद थपेर विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित